वटु भद्रकाली मन्दिरको पुनः निर्माण शुरु
काठमाडौँ १४, साउन । भूकम्पका कारण पूर्णरुपमा क्षति भएको वटु भद्रकाली मन्दिर पुनः निर्माणको लागि आज शिलान्यास गरिएको छ ।
काठमाडौँ महानगरापलिका वडा नम्बर २२ स्थित उक्त मन्दिरलाई कामपाका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरे । मन्दिर शिलान्यास कार्यक्रममा प्रमुख शाक्यले गोर्खा भूकम्पका कारण कामपाभित्र क्षति पुगेका सबै सम्पदाहरुको पुनःनिर्माणमा सबैको सहकार्य आवश्यक रहेको बताए ।
कामपाका उपप्रमुख हरिप्रभा खड्गीले सम्पदा पुनःनिर्माणमा सबैको चासो रहेको भन्दै समयतालिका बनाएर काम शुरु गर्नुपर्नेमा जोड दिनुभयो । एक वर्षभित्र निर्माणको कार्य सक्नेगरी शिलान्यास गरिएको उक्त मन्दिर निर्माणका लागि रु एक करोड २० लाख बजेट विनियोजन गरिएको छ ।
प्रताप मल्लको पालामा निर्माण भएको उक्त मन्दिरसँगै अन्य धेरै ऐतिहासिक सम्पदामा भूकम्पले क्षति पुगेको थियो ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












