ताजा समाचार

शाखा विस्तार गर्दै सेन्चुरी बैंक, एकै दिन तीन शाखा संचालनमा

काठमाडौं १५, साउन । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना थप नयाँ ३ शाखा विस्तार गरेको छ ।

बैंकले सोमबार बैंकिङ पहुच थप जनता माझ पु¥याउने उद्देश्यले चितवनकोे टांडी, महोत्तरीको बर्दिबास र धनुषाकोे बिरेन्द्रबजारमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । उक्त शाखा कार्यालयहरुको उद्घाटन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले गरेका हुन ।

बैंकले हाल काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८३ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ इकाईबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org