कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको छुट्टाछुट्टै पत्रकार सम्मेलन
भक्तपुर १५, साउन । मध्यपुरथिमि नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट विजयी भएका जनप्रतिनिधि विभाजित भई छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेका छन् ।
नगरपालिकाले हालै सार्वजनिक गरेको नीति, कार्यक्रम तथा बजेटको विषयलाई लिएर कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि विभाजित भएपछि बहुमत पक्षले नीति, कार्यक्रम तथा बजेटको बचाऊ गरेको छ भने अर्को पक्षले विरोध गरेको छ ।
कांग्रेसबाट निर्वाचित बहुमत जनप्रतिनिधिले कौशलटारमा पत्रकार सम्मेलन गरी पार्टीको सिद्घान्त, मूल्य मान्यता र विधान अनुशरण गर्दै नगरको नीति, कार्यक्रम तथा बजेट निर्माण गरेको दाबी गरेका छन् ।
उपप्रमुख अञ्जनादेवी मधिकर्मीसहित वडा नं २ का अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता राम थापामगर, वडा नं ३ का अध्यक्ष प्रेम कुटु, वडा नं ६ का अध्यक्ष इन्द्रबहादुर प्रजापति, वडा नं ९ का अध्यक्ष रामकाजी चक्रधरसहित नौजना नगरकार्यपालिका सदस्य तथा १५ नगर सदस्य गरी २९ जनाको हस्ताक्षरित संयुक्त विज्ञप्ति जारी गर्दै पत्रकार सम्मेलनमा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेटको समर्थन गर्दै जनताको पक्षमा बजेट तथा कार्यक्रम ल्याएको बताएका हुन् ।
पत्रकार सम्मेलनमा वडा नं २ का वडाध्यक्ष तथा नपाका प्रवक्ता राम थापा मगरले सचेत नगरवासीमा भ्रम सिर्जना हुने गरी जनप्रतिनिधिको भत्ता र सुविधा बढाउन कर वद्घि गरिएको भन्ने हल्लाको पछि नलाग्न आम नगरवासीलाई आह्वान गरे ।
आव२०७५÷७६ को बजेट, नीति तथा कार्यक्रममा केन्द्र तथा प्रदेश सरकारबाट निर्णय भएको भन्दा कहीँ कतै पनि सेवा सुविधा, लिने र दिने गरी कुनै निर्णय नभएको र वैज्ञानिक ढंगले कर निर्धारण गरे पनि कुनै पनि शीर्षकमा कर वृद्धि नगरिएको उनको भनाइ थियो ।
थापा मगरले भने–“नगरपालिकाको विकासमा पार्टीले दिएको एजेण्डाभित्र बसेर काम गरेका छौं तर पार्टीले जनप्रतिनिधिको हात खुट्टा बाँधेर यसो गर, त्यसो नगर भन्न मिल्दैन, जनताको पक्षमा काम गर्न पार्टीले हस्तक्षेप गर्नुहुदैन ।”
पत्रकार सम्मेलनमा वडा नं २ का अध्यक्ष प्रेम कुटुले आफूहरु जनताप्रति अत्यन्त संवेदनशील रहेको र प्रत्यक्ष जनसरोकार रहेको एकीकृत सम्पति करको विषयमा पनि सबै पदाधिकारी सचेत रहेर काम गरेको बताए । उनले भने–“पार्टीको एजेण्डा बाहिर गएर हामीले कुनै काम गरेका छैनौं, पार्टीको एजेण्डा छाडेको प्रमाणित भए सामूहिक राजिनामा दिन तयार छौ ।”
कांग्रेसबाट निर्वाचित ३५ जना जनप्रतिनिधिमध्ये बाँकी छ जनप्रतिनिधिले भने १ नं वडा कार्यालयमा यसअघि नै छुट्टै पत्रकार सम्मेलन गरेर नगरपालिकाले ल्याएको नीति, कार्यक्रम तथा बजेटको विरोध गरेका थिए ।
वडा नं १ का वडा अध्यक्ष सुरज खड्काले नगरपालिकाले जनताको भावना विपरीत जथाभावी कर वृद्धि गरेर जनतालाई भार पारेकाले सार्वजनिक भएको बजेट तथा कार्यक्रममा असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेर आएको बताए ।
यसको विरोधमा वडा कार्यालयले गत साउन १ गतेदेखि पेन डाउन गरेर यही साउन ११ गते पुनः काम सञ्चालन गरेपनि नगरपालिकाले नीति, कार्यक्रम तथा बजेट नसच्याएसम्म विरोध कायमै रहने र आज साँझ बालकुमारीमा कर वृद्धिको विरुद्धमा विरोधसभा गर्ने उहाँले बताए ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











