कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको छुट्टाछुट्टै पत्रकार सम्मेलन
भक्तपुर १५, साउन । मध्यपुरथिमि नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट विजयी भएका जनप्रतिनिधि विभाजित भई छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेका छन् ।
नगरपालिकाले हालै सार्वजनिक गरेको नीति, कार्यक्रम तथा बजेटको विषयलाई लिएर कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि विभाजित भएपछि बहुमत पक्षले नीति, कार्यक्रम तथा बजेटको बचाऊ गरेको छ भने अर्को पक्षले विरोध गरेको छ ।
कांग्रेसबाट निर्वाचित बहुमत जनप्रतिनिधिले कौशलटारमा पत्रकार सम्मेलन गरी पार्टीको सिद्घान्त, मूल्य मान्यता र विधान अनुशरण गर्दै नगरको नीति, कार्यक्रम तथा बजेट निर्माण गरेको दाबी गरेका छन् ।
उपप्रमुख अञ्जनादेवी मधिकर्मीसहित वडा नं २ का अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता राम थापामगर, वडा नं ३ का अध्यक्ष प्रेम कुटु, वडा नं ६ का अध्यक्ष इन्द्रबहादुर प्रजापति, वडा नं ९ का अध्यक्ष रामकाजी चक्रधरसहित नौजना नगरकार्यपालिका सदस्य तथा १५ नगर सदस्य गरी २९ जनाको हस्ताक्षरित संयुक्त विज्ञप्ति जारी गर्दै पत्रकार सम्मेलनमा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेटको समर्थन गर्दै जनताको पक्षमा बजेट तथा कार्यक्रम ल्याएको बताएका हुन् ।
पत्रकार सम्मेलनमा वडा नं २ का वडाध्यक्ष तथा नपाका प्रवक्ता राम थापा मगरले सचेत नगरवासीमा भ्रम सिर्जना हुने गरी जनप्रतिनिधिको भत्ता र सुविधा बढाउन कर वद्घि गरिएको भन्ने हल्लाको पछि नलाग्न आम नगरवासीलाई आह्वान गरे ।
आव२०७५÷७६ को बजेट, नीति तथा कार्यक्रममा केन्द्र तथा प्रदेश सरकारबाट निर्णय भएको भन्दा कहीँ कतै पनि सेवा सुविधा, लिने र दिने गरी कुनै निर्णय नभएको र वैज्ञानिक ढंगले कर निर्धारण गरे पनि कुनै पनि शीर्षकमा कर वृद्धि नगरिएको उनको भनाइ थियो ।
थापा मगरले भने–“नगरपालिकाको विकासमा पार्टीले दिएको एजेण्डाभित्र बसेर काम गरेका छौं तर पार्टीले जनप्रतिनिधिको हात खुट्टा बाँधेर यसो गर, त्यसो नगर भन्न मिल्दैन, जनताको पक्षमा काम गर्न पार्टीले हस्तक्षेप गर्नुहुदैन ।”
पत्रकार सम्मेलनमा वडा नं २ का अध्यक्ष प्रेम कुटुले आफूहरु जनताप्रति अत्यन्त संवेदनशील रहेको र प्रत्यक्ष जनसरोकार रहेको एकीकृत सम्पति करको विषयमा पनि सबै पदाधिकारी सचेत रहेर काम गरेको बताए । उनले भने–“पार्टीको एजेण्डा बाहिर गएर हामीले कुनै काम गरेका छैनौं, पार्टीको एजेण्डा छाडेको प्रमाणित भए सामूहिक राजिनामा दिन तयार छौ ।”
कांग्रेसबाट निर्वाचित ३५ जना जनप्रतिनिधिमध्ये बाँकी छ जनप्रतिनिधिले भने १ नं वडा कार्यालयमा यसअघि नै छुट्टै पत्रकार सम्मेलन गरेर नगरपालिकाले ल्याएको नीति, कार्यक्रम तथा बजेटको विरोध गरेका थिए ।
वडा नं १ का वडा अध्यक्ष सुरज खड्काले नगरपालिकाले जनताको भावना विपरीत जथाभावी कर वृद्धि गरेर जनतालाई भार पारेकाले सार्वजनिक भएको बजेट तथा कार्यक्रममा असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेर आएको बताए ।
यसको विरोधमा वडा कार्यालयले गत साउन १ गतेदेखि पेन डाउन गरेर यही साउन ११ गते पुनः काम सञ्चालन गरेपनि नगरपालिकाले नीति, कार्यक्रम तथा बजेट नसच्याएसम्म विरोध कायमै रहने र आज साँझ बालकुमारीमा कर वृद्धिको विरुद्धमा विरोधसभा गर्ने उहाँले बताए ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












