विश्वमै लोपोन्मुख सेतो गिद्धको गुँड बारेकोटमा
जाजरकोट १५, साउन । विश्वमै दुर्लभ तथा लोपोन्मुख अवस्थामा पुगेको सेतो गिद्धको गुँड जाजरकोटका बारेकोट गाउँपालिकामा फेला परेको छ । विश्वकै लोपोन्मुख सुन गिद्ध, चिरकालिज, सेतो गिद्ध, जलेवाजस्ता पक्षीको बासस्थानमा जाजरकोट सूचीकृत हुँदै गइरहेको छ ।
गतवर्ष भेरी नगरपालिका–११ पुल मटेलामा गुँड लगाएको सेतो गिद्धले उपयुक्त बासस्थान नभएको ठानेपछि रुकुम चौरजहारीको स्यालखोलामा गुँड सारेको पक्षी अनुसन्धानकर्ता गोविन्द सिंहले जानकारी दिए ।
समुद्री सतहदेखि सातसय मिटरको उचाइमा रहेको रुकुम चौरजहारी स्यालखोलाको गुँडमा सेतो गिद्धले गतवर्ष नै अण्डा पारेर एक बच्चा कोरल्न सफल भएको थियो सिंहले भने, उक्त सेतो गिद्धले यो वर्ष पनि सोही ठाउँमा गुँड लगाएर अहिले अण्डा कोरली रहेको छ ।”
अनुसन्धानकर्ता सिंहले यसवर्ष उक्त लोपोन्मुख सेतो गिद्धको गुँड बारेकोट गाउँपालिका–९ सक्ला र काप्तीको बीचमा रहेको जंगलमा फेला पारेका छन् । उक्त जंगलमा रहेको सेतो गिद्धको गुँड समुद्री सतहबाट एक हजार ५१४ मिटरको उचाइमा रहेको छ ।
सात सय मिटरको उचाइमा गुँड भएको सेतो गिद्धभन्दा एक हजार ५१४ मिटरको उचाइमा गुँड भएको सेतो गिद्ध निकै सक्रिय भएको अनुसन्धानकर्ता सिंहको भनाइ छ । उक्त जंगलमा गुँड भएको सेतो गिद्धले पहिले नै गुँडको अण्डा कोरल्नुको साथै बच्चा उडाइसकेको उनले जानकारी दिए ।
सबैभन्दा अग्लो ठाउँमा मलाहा हुँचीलको गुँड पनि पहिलोपटक जाजरकोटको बारेकोटमा फेला परेको छ । समुद्री सहतदेखि एक हजार ४०० मिटरको उचाइमा मलाहा हुँचीलको गुँड फेला परेपछि नेपालमै मलाहा हुँचीलकोे नौलो अभिलेखीकरण भएको छ ।
बारेकोट गाउँपालिका–९ सक्लामा फेला परेको गुँडमा मलाहा हुँचीलले अण्डा कोरलेर दुईवटा बच्चा उडाइसकेको पक्षी अनुसन्धानकर्ता सिंहले जानकारी दिए ।
उनका अनुसार हुँचीलविज्ञ राजु आचार्यले बारेकोट गाउँपालिमा फेला परेको मलाहा हुँचीलको गुँड नै सबैभन्दा अग्लो गाउँमा रहेको गुँड भएको प्रमाणित गरिसकेका छन् ।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते !
काठमाडाैं । हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं । अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा: सिएमसी नेपाल
कर्णाली, १२ भदौः कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११...












