ने क पा र कांग्रेसको चेपुवामा जोशीको ‘भाग्य फैसला’ आज
काठमाडाैं १६, साउन । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको प्रधानन्यायाधीश बन्ने सपनाको फैसला आज दिउसो हुुँदैछ ।
आज दिउँसो साढे तीनबजे बस्ने संसदीय सुनुवाई विशेष समितिको बैठकले जोशीबारे निर्णय गर्ने छ । तर, जोशीबारे निर्णय हुन केही घण्टा मात्रै बाँकी रहेपनि समितिका सदस्यहरुबीच तालमेल मिल्न भने सकेको छैन ।
नेपालका मिडियाले समेत निरन्तर जोशीलाई खेदिरहेका छन् । उनको शैक्षिक योग्यता र विवादित फैसलाका पाठहरु प्रकाशन गर्दै जोशी प्रधानन्यायाधिश बन्न नसक्ने कारणहरु भन्दै समाचार आइरहेका बेला यता कांग्रेस भने काँध थापेर बसिरहेकोको छ ।
कांग्रेसले देशभर आन्दोलन गर्दै देशका बिभिन्न स्थानमा नारा जुलुस लगायतका कार्यक्रम गरेर सरकार र ने क पाका बिरुद्ध तिखो बाण प्रहार गर्दै जोशीका पक्षमा आवाज उठाइरहेका बेला ने क पा भने जोशीलाई अस्विकृत गरेरै छाड्ने मुडमा पुगेको छ ।
यस्तै, कांग्रेस भित्र पनि जोशीको बारेमा बाहिर आएका जतिपनि कुराहरु छन् त्यसले नेपालको न्याय क्षेत्रलाई नै कलंकित पार्ने भएकाले कांग्रेसले विवेकको प्रयोग गर्नुपर्ने बेला आएको भन्दै आन्तरिक रुपमा आवाज उठेको छ । तर, कांग्रेसका उच्च पदस्थहरु आफ्नो सरकारले गरेका पूर्ववर्ति निर्णयमा सर्वोच्चले गतिलो साथ दिएका कारण जोशीलाई अनुमोदन गराउन पर्नेमा अडिग रहने पक्षमा देखिएको स्रोतको दाबी छ ।
जोशीले अनुमोदन हुनका लागि राजनीतिक लविङ तीव्र बनाएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार राति भेट गरेका थिए । प्रधानमन्त्रीलाई भेटे लगत्तै इजलास तोकेका उनले आफूलाई केहिहदसम्म बलियो देखाउनका लागि पनि लागि परेका छन् ।
अब जोशीबारे आजको बैठकले निर्णय गर्ने जनाइएको छ तर, सर्वसम्मत अनुमोदन या अस्विकृत हुने भन्ने बिषय भने त्यति सहज देखिएको छैन् । पछिल्लो समय राजनीतिमा देखिएको आरोप प्रत्यारोपको श्रृंखलालाई गेर्ने हो भने ने क पा भर्सेस कांग्रेसको लडाई जोशीमाथी पनि देखिने छ ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












