ने क पा र कांग्रेसको चेपुवामा जोशीको ‘भाग्य फैसला’ आज
काठमाडाैं १६, साउन । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको प्रधानन्यायाधीश बन्ने सपनाको फैसला आज दिउसो हुुँदैछ ।
आज दिउँसो साढे तीनबजे बस्ने संसदीय सुनुवाई विशेष समितिको बैठकले जोशीबारे निर्णय गर्ने छ । तर, जोशीबारे निर्णय हुन केही घण्टा मात्रै बाँकी रहेपनि समितिका सदस्यहरुबीच तालमेल मिल्न भने सकेको छैन ।
नेपालका मिडियाले समेत निरन्तर जोशीलाई खेदिरहेका छन् । उनको शैक्षिक योग्यता र विवादित फैसलाका पाठहरु प्रकाशन गर्दै जोशी प्रधानन्यायाधिश बन्न नसक्ने कारणहरु भन्दै समाचार आइरहेका बेला यता कांग्रेस भने काँध थापेर बसिरहेकोको छ ।
कांग्रेसले देशभर आन्दोलन गर्दै देशका बिभिन्न स्थानमा नारा जुलुस लगायतका कार्यक्रम गरेर सरकार र ने क पाका बिरुद्ध तिखो बाण प्रहार गर्दै जोशीका पक्षमा आवाज उठाइरहेका बेला ने क पा भने जोशीलाई अस्विकृत गरेरै छाड्ने मुडमा पुगेको छ ।
यस्तै, कांग्रेस भित्र पनि जोशीको बारेमा बाहिर आएका जतिपनि कुराहरु छन् त्यसले नेपालको न्याय क्षेत्रलाई नै कलंकित पार्ने भएकाले कांग्रेसले विवेकको प्रयोग गर्नुपर्ने बेला आएको भन्दै आन्तरिक रुपमा आवाज उठेको छ । तर, कांग्रेसका उच्च पदस्थहरु आफ्नो सरकारले गरेका पूर्ववर्ति निर्णयमा सर्वोच्चले गतिलो साथ दिएका कारण जोशीलाई अनुमोदन गराउन पर्नेमा अडिग रहने पक्षमा देखिएको स्रोतको दाबी छ ।
जोशीले अनुमोदन हुनका लागि राजनीतिक लविङ तीव्र बनाएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार राति भेट गरेका थिए । प्रधानमन्त्रीलाई भेटे लगत्तै इजलास तोकेका उनले आफूलाई केहिहदसम्म बलियो देखाउनका लागि पनि लागि परेका छन् ।
अब जोशीबारे आजको बैठकले निर्णय गर्ने जनाइएको छ तर, सर्वसम्मत अनुमोदन या अस्विकृत हुने भन्ने बिषय भने त्यति सहज देखिएको छैन् । पछिल्लो समय राजनीतिमा देखिएको आरोप प्रत्यारोपको श्रृंखलालाई गेर्ने हो भने ने क पा भर्सेस कांग्रेसको लडाई जोशीमाथी पनि देखिने छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












