नेको इन्स्योरेन्सले गर्यो शुभ गौतम इन्टरप्राइजेजलाई ५७ लाख विमा भुक्तानी
काठमाडाैं १८,साउन । नेको इन्स्योरेन्स बुटवलले आगलागीबाट शुभ गौतम इन्टरप्राइजेजलाई बिमा दावी बापतको ५७ लाख रकम भुक्तानी गरेको छ । इन्स्योरेन्सको बुटवल शाखाले बिहिवार एक कार्यक्रम गरि गत फागनु १ गते भएको आगलागीमा जलेर ध्वस्त भएको इन्टरप्राइजेजका तर्फबाट भएको माग दावी बमोजिम विमा रकम प्रदान गरेको हो ।
कार्यक्रममा उद्योग बाणिज्य संघ बुटवलका अध्यक्ष खिमबहादुर हमालले इन्स्योरेन्सले छिटो रकम भुक्तानी गरेर पिडितलाई राहत दिएको भन्दै प्रसंशा गर्नुभएको थियो । उहाँले सबै उद्योगी ब्यवसायीलाइ बिमा गरेर सुरक्षित गर्न पनि सुझाव दिए।
राष्ट्रिय उद्योग ब्यापार संघठन प्रदेश ५ का महासचिव खिमनारायण पराजुलीले समयमै विमा भुक्तानी हुँदा उद्योग ब्यवसायीलाइ राहत हुने भएकोले त्यसमा ध्यान दिन सुझाव दिए ।
त्यसअवसरमा नेको इन्स्योरेन्सका क्षेत्रिय प्रवन्धक रमेश बहादुर थापाले समयमै काम छिटोछरितो सेवा दिएकोले कम्पनीले स्थापनाकै छोटो अवधीमै सबैको बिश्वास जित्दै नेपालकै दोश्रो नाफा कमाउने इन्स्योरेन्स बन्न सफल भएको जानकारी दिए । उनले विमाबारे जानकारी लिन र त्यस अनुसार भुक्तानी दावी गर्न सुझाव दिए । उहाले भुक्तानि मा नेको इन्सोरेन्स पहिले र विज्नेशमा चौथो स्तानमा रहेको समेत जानाकारी दिए।
शुभ गौतम इन्टरप्राइजेजका संचालक जीवन गौतमले आगलागीबाट ब्यवायमा धेरै क्षति भोग्नुपरेको तर समयमै विमा भुक्तानी पाउँदा ब्यवसाय संचालन अघि बढाउन राहत मिलेको बताए ।
कार्यक्रममा राष्ट्रिय बाणिज्य बैक रामनगर शाखाका प्रबन्धक विष्णु पोखरेल,नेको इन्स्योरेन्सका अपरेश इन्चार्ज गोपीलाल पौडेल,पत्रकार केशव भण्डारी लगायतले व्यवसाय र विमाबीचको सम्वन्ध र सहकार्यले हुने फाइदाबारे बोल्नुभएको थियो । कार्यक्रममा इन्स्योरेन्सका डेभलेपमेन्ट अफिसर युवराज न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।
Comments
अरु समाचार
-
पहिरोका कारण मुग्लिन–नारायणगढ सडक, बीपी राजमार्ग र पृथ्वी राजमार्ग अवरुद्ध
काठमाण्डौ । धादिङको कृष्णभीर, परेवाभीर, ज्यामिरेघाट लगायतका ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भैरहेको,...
-
कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौं । धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गएराति ढुंगासहितको पहिरो खसेकाले राजमार्ग अवरुद्ध भएको हो...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












