सवारी नभए पनि यातायात कम्पनी
काठमाडौँ १८, साउन । यातायात व्यवस्था विभागले सवारीबिना नै सार्वजनिक यातायात फर्म वा कम्पनी खोली करार सम्झौतामा लिएर सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमतिमा यस्तो निर्णय गरिएको विभागका प्रवक्ता तुलसीराम अर्यालले जानकारी दिए ।
कम्पनीमा पञ्जीकरण गर्न यसअघि कम्तीमा पाँच वटा सवारी हुनैपर्ने व्यवस्थाले समस्या हुने गुनासो आएपछि विभागले यस्तो निर्णय गरेको हो । विभागले निर्णय कार्यान्वयनका लागि आजै १४ वटै अञ्चल यातायात व्यवस्था कार्यालयलाई परिपत्र गरेको छ ।
कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता गरेको भए पनि औद्योगिक व्यवसाय ऐनअनुसार उद्योग विभागमा दर्ता गरेका कम्पनीलाई विभाग र यातायात व्यवस्था कार्यालयमा पञ्जीकरण गरिने महानिर्देशक लावण्यकुमार ढकालले जानकारी दिए । “उद्योग विभागमा सेवा उद्योगका रुपमा यातायात कम्पनी दर्ता हुन्छ, सेवा उद्योगका रुपमा दर्ता भएका कम्पनी विभागमा पञ्जीकरण हुन्छन्, यसरी दर्ता गर्न अब पाँच वटा सवारी चाहिँदैन, सवारी नै नहुनेले पनि दर्ता गरेर करारमा सवारी लिएर सञ्चालन गर्न सक्छन्”, उनले भने ।
यसरी दर्ता भएका कम्पनीले प्रत्येक वर्ष आयव्यय विवरण लेखा परीक्षण गरी बुझाउनुपर्ने व्यवस्था छ । कम्पनीअन्तर्गत कति सवारी र कर्मचारी छन् भन्ने जानकारी पनि वार्षिकरुपमा उद्योग र यातायात विभागलाई गराउनुपर्छ ।
विभागले एक महिनादेखि १४ वटै यातायात व्यवस्था कार्यालयलाई कम्पनीमा दर्ता भएकाको पञ्जीकरण गर्ने जिम्मेवारी दिएको थियो । पुस मसान्तसम्म पुराना सबै सवारी कम्पनीमा दर्ता भई यातायात विभागमा दर्ता भइसक्नुपर्नेछ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












