सवारी नभए पनि यातायात कम्पनी
काठमाडौँ १८, साउन । यातायात व्यवस्था विभागले सवारीबिना नै सार्वजनिक यातायात फर्म वा कम्पनी खोली करार सम्झौतामा लिएर सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमतिमा यस्तो निर्णय गरिएको विभागका प्रवक्ता तुलसीराम अर्यालले जानकारी दिए ।
कम्पनीमा पञ्जीकरण गर्न यसअघि कम्तीमा पाँच वटा सवारी हुनैपर्ने व्यवस्थाले समस्या हुने गुनासो आएपछि विभागले यस्तो निर्णय गरेको हो । विभागले निर्णय कार्यान्वयनका लागि आजै १४ वटै अञ्चल यातायात व्यवस्था कार्यालयलाई परिपत्र गरेको छ ।
कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता गरेको भए पनि औद्योगिक व्यवसाय ऐनअनुसार उद्योग विभागमा दर्ता गरेका कम्पनीलाई विभाग र यातायात व्यवस्था कार्यालयमा पञ्जीकरण गरिने महानिर्देशक लावण्यकुमार ढकालले जानकारी दिए । “उद्योग विभागमा सेवा उद्योगका रुपमा यातायात कम्पनी दर्ता हुन्छ, सेवा उद्योगका रुपमा दर्ता भएका कम्पनी विभागमा पञ्जीकरण हुन्छन्, यसरी दर्ता गर्न अब पाँच वटा सवारी चाहिँदैन, सवारी नै नहुनेले पनि दर्ता गरेर करारमा सवारी लिएर सञ्चालन गर्न सक्छन्”, उनले भने ।
यसरी दर्ता भएका कम्पनीले प्रत्येक वर्ष आयव्यय विवरण लेखा परीक्षण गरी बुझाउनुपर्ने व्यवस्था छ । कम्पनीअन्तर्गत कति सवारी र कर्मचारी छन् भन्ने जानकारी पनि वार्षिकरुपमा उद्योग र यातायात विभागलाई गराउनुपर्छ ।
विभागले एक महिनादेखि १४ वटै यातायात व्यवस्था कार्यालयलाई कम्पनीमा दर्ता भएकाको पञ्जीकरण गर्ने जिम्मेवारी दिएको थियो । पुस मसान्तसम्म पुराना सबै सवारी कम्पनीमा दर्ता भई यातायात विभागमा दर्ता भइसक्नुपर्नेछ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












