मन्त्री सोनलद्वारा यातायात कार्यालय उद्घाटन
पर्सा १८, साउन । प्रदेश सरकारको मातहतमा आएको यातायात व्यवस्था कार्यालयको आज वीरगञ्जमा प्रदेश नं २ का भौतिक पूर्वधार विकासमन्त्री जीतेन्द्र सोनलले उद्घाटन गरे ।
साउन १ गतेदेखि प्रदेश सरकारको मातहतमा आएको यातायात व्यवस्था कार्यालयको उद्घाटन गर्दै मन्त्री सोनलले संघीय सरकारको मातहतमा रहेका सेवाप्रदायक कार्यालय प्रदेश सरकारको मातहतमा आएपछि यसले संघीयतालाई बलियो बनाउने धारणा व्यक्त गरे ।
उनले पहिले कार्यालयबाट संकलन गरिएका राजश्व संघीय सरकारको खातामा जम्मा हुँदै आएकामा अब उक्त संकलित राजश्व प्रदेश सरकारको ढुकुटीमा जाने र सो रकमबाट प्रदेशको विकास गरिने बताए ।
मन्त्री सोनलले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय सहकार्य रहेमात्र मुलुक समृद्धिको बाटोमा अगाडि बढ्ने बताए । उनले यातायात व्यवस्था कार्यालय प्रदेश सरकारको मातहतमा दिएजस्तै प्रदेशको सुरक्षाको जिम्मा पनि प्रदेश सरकारलाई नै दिन संघीय सरकारसँग माग गरे । मन्त्री सोनलले प्रदेशको नामाकरणका लागि छलफल चलिरहेको बताए ।
कार्यक्रममा प्रदेश नं २ की भौतिक पूर्वाधार राज्यमन्त्री डा डिम्पल झाको समेत उपस्थिति रहेको थियो ।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











