‘सोम’ बैठकका पाहुनालाई गाडी जुटाउन गृहलाई धौधौ
काठमाडौं – बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलन अगावै काठमाडौंमा सबै सदस्य राष्ट्रका परराष्ट्र सचिव स्तरिय अधिकारी संलग्न रहने ‘सिनियर अफिसियल्स मिटिङ’ (सोम) यही साउन २६ गते हुँदैछ ।
सम्मेलनमा सहभागी हुने राष्ट्राध्यक्ष, सरकार प्रमुख र अन्य पाहुनाका लागि आवश्यक पर्ने सवारी जुटाउन सरकारले गृहकार्य अघि बढाएको छ । नयाँ गाडी किन्ने भन्दा पनि विभिन्न मन्त्रालय र निकाय मातहतका सुविधा सम्पन्न गाडी जुटाउन गृह मन्त्रालयले विभिन्न मन्त्रालय र निकायलाई पत्राचार गरेको छ । सम्मेलनलाई लक्षित गर्दै गृहमन्त्रीको संयोजकत्वमा गठित सुरक्षा परिवहन तथा यातायात समितिले गाडी जुटाउने गृहकार्य अघि बढाएको हो ।
विगतमा राजपरिवारले प्रयोग गरेका गाडी, ४ वर्षअघि काठमाडौंमा आयोजना भएको १८ औं सार्क सम्मेलनमा प्रयोग भएका र अन्य निकायका सुविधा सम्पन्न सवारी जुटाउन समितिले कसरत गरेको हो । १८ औं सार्क सम्मेलनताका कतारले नेपाललाई ९ वटा मर्सिडिज गाडी सहयोग स्वरुप उपलब्ध गराएको थियो । गृह मातहतको समितिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी मातहतका गाडीबारे चासो राख्दै पत्राचार गरेको बताइएको छ ।
नेपाल प्रहरीले ४, सशस्त्रले २ र गाडीको संख्या नखुलाएको सेनाले आवश्यकताअनुसार उपलब्ध गराउन सकिने भन्दै जनाउँदै जवाफ दिएका छन् ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












