प्रतिपक्षको भुमिका निर्वाह गर्न सकेन कांग्रेस ‘कमजोर प्रतिपक्षी’
काठमाडाैं २०,साउन । सरकारका कामकारबाही सन्तुलनमा राख्न संसद्मा प्रतिपक्षी दलको भूमिका रचनात्मक र प्रभावकारी हुनुपर्छ । तर, संसदीय अभ्यासमा खारिएको नेपाली कांग्रेस यो भूमिकामा ‘खरो’ उत्रिन नसकेको पार्टीभित्र र बाहिरबाट आलोचना हुन थालेको छ ।
आजको कान्तिपुर दैैनिकमा याे खबर छ – अहिले मुलुकमा दुई तिहाइ बहुमतप्राप्त वामपन्थी नेतृत्वको सरकार छ । चुनावअघि कम्युनिस्टले जिते अधिनायकवाद आउँछ भन्ने नारा लगाएको कांग्रेस अहिले पनि त्यसकै वरिपरि घुमिरहेको छ । राजनीतिशास्त्रका प्राध्यापक तथा विश्लेषक कृष्ण खनाल कांग्रेसले अधिनायकवाद आउँछ भन्दैमा मानिसले पत्याउने स्थिति नरहेको बताउँछन् ।
‘प्रतिपक्षीका रूपमा कांग्रेसले आफ्नो इस्यु (मुद्दा) नै पहिचान गर्न सकेजस्तो देखिँदैन । सरकारको विरोध गर्नुपर्छ भन्ने सनातनी परम्परा मात्रै धान्दै छ,’ उनले भने, ‘संसद्भित्रको परिवर्तनलाई आत्मसात गरेर कांग्रेसले भूमिका खेल्न सकेको छैन ।’
संसद् सञ्चालन भएको करिब पाँच महिनाको अवधिमा कांग्रेस धेरै ठाउँ चुकेको छ । विरोध जनाउने तर त्यसको औचित्य साबित गर्न नसकेको उदाहरण सरकारको नीति तथा कार्यक्रममाथि कांग्रेसले देखाएको भूमिकाले समेत पुष्टि गर्छ । विरोध गरेर संशोधन प्रस्ताव हालेको कांग्रेसको मौन समर्थनमै नीति तथा कार्यक्रम पारित भएको थियो ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











