मरिसस अध्ययनका लागि विद्यार्थी पठाउन बन्द गर्ने सरकारी निर्णय
काठमाडाैं २०, साउन । नेपाल सरकारले उच्च शिक्षा अध्ययनका लागि मरिससमा विद्यार्थी नपठाउने निर्णय गरेको छ । मरिससमा अध्ययनका लागि गएका नेपाली विद्यार्थी समस्यामा पर्न थालेपछि सरकारले यस्तो निर्णय गरेको हो ।
मरिससमा उच्च वा प्राविधिक शिक्षा अध्ययनका लागि वार्षिक ४ सयको हाराहारीमा नेपाली विद्यार्थी जाने गरेका छन् । नेपालका कन्सल्टेन्सीहरुले काम गर्दै अध्ययन गर्न सकिने भनेर विद्यार्थीलाई मरिसस पठाउने गरेका थिए । तर बिगत ५ वर्षमा ७० जनाभन्दा बढी विद्यार्थीलाई उद्धार गरेर नेपाल ल्याउनु परेपछि सरकारले मरिससका लागि नो अब्जेक्सन लेटर (एनओसी) दिन बन्द गर्ने निर्णय गरेको हो ।
शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालका अनुसार अर्को निर्णय नभएसम्मका लागि मरिससमा पढ्न चाहने विद्यार्थीलाई नो अब्जेक्सन लेटर (एनओसी) दिन बन्द गरिएको छ । मरिसस अध्ययनका लागि उचित गन्तब्य नभएको भन्दै मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
यसअघि मरिससमा बारम्बार नेपाली विद्यार्थी समस्यामा परेपछि शिक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयले दक्षिण अफ्रिकास्थित नेपाली दूतावासलाई मरिसस के कस्तो देश हो र त्यहाँको अवस्था कस्तो हो भनेर
सोधिएको थियो । त्यसको जवाफमा दक्षिण अफ्रिकास्थित नेपाली राजदूत अमृतबहादुर राईले मरिससमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई रोक्नुपर्ने ब्यहोराको पत्र परराष्ट्र मन्त्रालयलाई पठाएका थिए ।त्यसलगत्तै सरकारले मरिससमा विद्यार्थी नपठाउने निर्णय गरेको हो ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












