त्रिशुली-काठमाडौं भूमिगत प्रसारणलाइन २ महिनाभित्र पूरा गर्न मन्त्री पुनको निर्देशन
काठमाडाैं २० , साउन । आइतबार ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ले निर्माणधीन भूमिगत त्रिशुली-काठमाडौं प्रसारणलाइनको अनुगमनको क्रममा मातातीर्थमा पुगे । वनका कारण प्रसारणलाइन निर्माणमा समस्या आएको रिपोर्टिङ ठेकेदार र आयोजनाले मन्त्रीसमक्ष गरे । त्यसलगत्तै पुनले वनमन्त्री शक्ति बस्नेतलाई फोन लगाएर भने,’मातातर्थी प्रसारणलाइनको समस्या छिटो समाधान गर्नुपर्ने भयो मन्त्रीज्यू, सहयोग गरिदिनुस् ।’
उनले प्रसाराणलाइन निर्माणमा ढिलाइ हुँदा हाल उत्पन्न र भविष्यमा आउने समस्याबारे वनमन्त्री बस्नेतलाई जानकारी दिए । पुनले बस्नेतलाई समस्यामा गमभीर भइदिन अनुरोध गरे ।
१ हजार ३ सय ९ मिटर भूमिगत लाइनमध्ये अहिलेसम्म करिब ६ सय ३० मिटर पूरा भएको छ । निर्माणस्थलमा वन र स्थानीयको समस्या रहेकाले निर्माणलाई गति दिन नसकिएको आयोजनाले जानकारी गराएको छ । उत्पादित विद्युत खेर जान नदिन समयमै प्रसारण लाइन पूरा हुनुपर्ने मन्त्री पुनले बताए । ‘वन, स्थानीयबासी र सुरक्षा सबैको व्यवस्था गर्ने जिम्मा सरकारले लिन्छ, सुरक्षाबारे गृह मन्त्रीसँग पनि कुरा भइसकेको छ,’ मन्त्री पुनले भने, ‘तर, काम समयमै सकिनुपर्छ ।’ स्थानीयले खनेको बाटो हुँदै भूमिगत लाइन विस्तारको काम हुँदा अवरोध भएको छ । यसको पनि उचित समाधान हुने मन्त्री पुनले स्थानीयलाई आश्वस्त पारेका छन् । विद्यमान समस्या समाधान भए २ महिनाभित्र काम पूरा हुने चिनियाँ ठेकेदार सिडब्लूईले प्रतिबद्धता जनाएको छ । सिभिल निर्माण २ महिनाभित्र पूरा भए तार केही समयपछि तान्न सकिने आयोजनाका अधिकारीको भनाइ छ । स्थानीयलाई असर नपर्ने गरी निर्माण भइरहेको यो देशकै पहिलो भूमिगत प्रसारण लाइन हो । प्रसारण लाइनको बाडभञ्ज्याङस्थित पातलेवनमा गाडिने एउटा टावरमा पातलेवन रिसोर्टले विरोध गरेको थियो । अहिले यो समस्या समाधान भइसकेको छ । त्रिशूली-काठमाडौं प्रसारण लाइनमा निर्माण हुने १ सय ४० टावरमध्ये १ सय २७ वटाको निर्माण पूरा भएको छ ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












