परीक्षा स्थगित गरेकोप्रति अखिल क्रान्तिकारीको आपत्ती ,माग्यो पदाधिकारीको राजिनामा
काठमाडाैं २१,साउन । सीटीईभिटीले सोमबार (आज) हुन लागेको प्रवेश परीक्षा स्थगित गरेको प्रति अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ ।
सोमबार विज्ञप्ति जारी गरेर रातारात षड्यन्त्र पूर्णरुपमा प्राविधिक एसएससी तर्फको पूर्ण शूल्कीय प्रवेश परीक्षा स्थगित गरेर विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको अखिल क्रान्तिकारीले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको सीटीईभिटी समन्वय समिति संयोजक हर्कबहादुर बिकले विज्ञप्ति जारी गरेर पारदर्शी र व्यवस्थितरुपमा प्रवेश परिक्षा सञ्चालन गर्न हैसियत नराखेको भन्दै सीटीईभिटीको उपाध्यक्ष कुलबहादुर बस्नेत, सदस्य सचिव पुष्परमण वाग्ले र परीक्षा नियन्त्रक मणी भट्टराईको राजिनामा मागेका छन् । उनले विद्यार्थी तथा शैक्षिक संस्थाहरुलाई अनिर्णयको बन्दी बनाएको भन्दै संगठनले कारवाही गर्ने समेत चेतावनी दिएका छन् ।
‘पारदर्शी र व्यवस्थितरुपमा प्रवेश परीक्षा सञ्चालन गर्ने हैसियत नराख्ने सीटीर्इभिटीका उपाध्यक्ष कुलबहादुर बस्नेत, सदस्य सचिव पुष्परमण वाग्ले र परीक्षा नियन्त्रक मणी भट्टराईलाई पदबाट राजिनामा गर्न जोडदार माग गर्दछौं । निहित स्वार्थका लागि सीटीर्इभिटी र सम्पूर्ण विद्यार्थी तथा शैक्षिक संस्थालाई अनिर्णयको बन्दी बनाउने कार्य गर्ने जोसुकै ब्यक्ति तथा पदाधिकारीहरु संगठनको कारबाहीमा पर्ने समेत चेतावनी दिन चाहन्छौं” विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी, संयोजक बिकले डिप्लोमा तहको वर्गीकृत छात्रवृत्ति अन्तर्गत धनगढी, जनकपुर लगायतका परीक्षा केन्द्रमा प्रश्नपत्र बाहिरिएको र त्यसको छानबिनले निष्कर्ष नआउँदै प्रवेश परीक्षा स्थथित गरेर घृणित कार्य गरेको बताएका छन् ।
विद्यार्थीको भविश्यसँग खेलवाड भएको भन्दै संयोजयक बिकले विज्ञप्तिमा भनेका छन्, ‘प्राविधिक क्षेत्रतर्फ गन्तब्य बनाएका हजारौं बिद्यार्थीहरुको भबिष्यसँग सम्बन्धित प्रवेश परीक्षाजस्तो संवेदनशील बिषयमा खेलवाड गर्ने–गराउने सीटीर्इभिटीको गैरजिम्मेवारपूर्ण रबैयाको कडा संघर्ष र प्रतिरोध गर्न आम बिद्यार्थी वर्गलगायत सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौं । साथै तुरुन्तै पारदर्शी ढङ्गले प्रबेश परिक्षा सञ्चालन गर्न जोडदार माग गर्दछौं ।”
संयोजक बिकले राज्यका शैक्षिक निकायहरु विद्यार्थीहरुको हितको पक्षमा न्युनतम समझदारी पनि कायम नगरी सीटीर्इभिटीको प्रवेश परीक्षा र एसईईको पुरक परीक्षाको तालमेल नमिल्दा समेत हजारौं विद्यार्थी पीडित हुनु परेको भन्दै निन्दा गरेका छन् ।
सीटीईभिटीले यसअघि सोमबार दिउँसो २ बजे प्रवेश परीक्षा तोकेको थियो ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












