कांग्रेसको आरोप:सरकार नियन्त्रित न्यायलयको पक्षमा अघि बढेको
काठमाडाैँ २१, साउन । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकार नियन्त्रित न्यायलयको पक्षमा अघि बढेको आरोप लगाएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र बहादुर कार्कीले संसदीय सुनुवाई समितिको बैठकले बिना आधार कामु प्रधानन्यायाधीश दिपकराज जोशीको सिफारिसलाई बहुमतको बलबाट अस्वीकृत गर्ने निर्णय गरेको भन्दै आपत्ती जनाए ।
जोशीलाई सिफारिस गर्ने संबैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्रीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने माग गरे । ‘जोशी अयोग्य हुनभने सिफारिस गर्ने संबैधानिक परिषदका अध्यक्ष सम्मानिय प्रधानमन्त्रीको अवस्था के हुने ? ‘अयोग्यलाई सिफारिस गर्ने प्रधानमन्त्रीले नैतिक रुपमा पदमा बस्न उचित हुन्छ कि हुदैन ?’ सरकार नियन्त्रित र निर्देशित न्यायपालिका बनाउन अघि बढेको भन्दै उनले आपत्ती जनाए ।
संसदीय समितिले विना प्रमाण शंकाको आधारमा जोशीको प्रस्ताव अस्वीकृत गरेको उल्लेख गर्दै कार्कीले स्वतन्त्र न्यायपालिकामाथि भएको निर्मम प्रहारलाई कांग्रेसले अवैध ठहर गरेको बताए । कार्कीले आफ्नो धारणा राख्दै गर्दा सत्तापक्षका सांसदहरु खगराज अधिकारी र विरोध खतिवडाले विरोध जनाए ।
कार्कीपछि संसदमा बोल्दै नेकपाका सांसद खगराज अधिकारीले संविधानको वर्खिलाप हुने गरि प्रतिपक्षी दलको भनाई आएको भन्दै रेकर्डबाट हटाउन माग गरे । अधिकारीले बोलिरहेकै बेला कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए ।
नेकपाका सांसद विरोध खतिवडाले प्रतिपक्ष दलका नेताहरु उच्छृङ्खलता तर्फ उन्मुख भएको उल्लेख गर्दै दुई तिहाईलाई एक तिहाईले नियन्त्रण गर्न खोज्नु अधिनायकवाद भएको बताए । उनले बोल्दै गर्दापनि कांग्रेसका सांसदले विरोध गरिरहेका थिए ।
सभामुखले सांसद हृदयेश त्रिपाठीलाई बोल्न समय दिएपछि कांग्रेसका सांसद बसेका थिए । त्रिपाठीले प्रतिपक्षीले समितिको विषयलाई संसदको विषय बनाउन खोजेको भन्दै सभामुखबाट रुलिङ हुनुपर्ने माग गरे ।
सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुबीच संसदीय समितिको निर्णयको विषयलाई लिएर विवाद हुन थालेपछि सभामुख कृष्ण बहादुर महराले समितिको प्रतिवेदन पेश भएपछि त्यसमाथि छलफल हुने भन्दै बैठकको गम्भीर ध्यानाकर्षण गराएका थिए
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











