लोकसेवा आयोगले सातै प्रदेशमा कार्यालय विस्तार गर्दै
काठमाडाैँ २२, साउन । लोकसेवा आयोगले आफ्ना कार्यालय सातै प्रदेशमा विस्तार गर्ने भएको छ । सरकारले दरबन्दी स्वीकृत गरेपछि आयोगले कार्यालय खोल्ने तयारी गरेको हो ।
सातै प्रदेशमा कार्यालय खोल्ने प्रक्रिया केही दिनमै अघि बढ्ने आयोगले जनाएको छ । आयोगको संघीय रुपान्तरण भएकाले त्यसै अनुरुप कार्यालय खोलिने तयारी भएको हो । कर्मचारी समायोजन प्रक्रिया समेत यसै साताबाट सुरु गर्ने आयोगको तयारी रहेको छ । संविधानमा व्यवस्था रहेको प्रदेश लोकसेवा आयोग गठन नभएसम्म यही यही कार्यालयहरुले कर्मचारी भर्ना लगायतका काम गर्ने छन् ।
संघीय कानून निर्माण भएपछि त्यसै अनुरुप प्रदेशले लोकसेवा सम्बन्धी कानून बनाउनुपर्ने छ । हाल संघीय कानून समेत बन्न सकेको छैन, जसले गर्दा प्रदेश लोक सेवा आयोगमा निर्माणमा ढिलाई भएको छ । सरकारले लोकसेवाको केन्द्रीय, प्रादेशिक र अन्य गरी १६ वटा कार्यालय राख्न गरेको निर्णयअनुसार प्रदेश १ को धनकुटामा, प्रदेश २ को जलेश्वरमा, प्रदेश ३ को काठमाडाैंमा, गण्डकी प्रदेशको पोखरामा, प्रदेश ५ को बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र प्रदेश ७ को दिपायलमा प्रदेशस्तरीय कार्यालय रहने छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












