भोलि संवैधानिक परिषद्को बैठक,को होला प्रधानन्याधीशमा सिफारिश
काठमाडाैँ २२, साउन । नयाँ प्रधानन्यायाधीश सिफारिश गर्न संवैधानिक परिषद्को बैठक भोलि (बुधबार) बस्ने भएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भोलिका लागि बैठक डाकिएको तर समय भने टुंगो नभएको सेतोपाटीलाई बताए।
संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष हुन्छन्।
यसअघि परिषद्ले जेठ २९ गते न्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो। संसदीय सुनुवाइ समितिले उनलाई अस्वीकृत गरिदियो।
फागुन ३० गते प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि सर्वोच्च नेतृत्वविहीन भएको छ।
बहालावाला न्यायाधीशमध्ये ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणा प्रधानन्यायाधीशका दाबेदार हुन्। प्रधानन्यायाधीश हुन सर्वोच्च अदालतमा तीन वर्ष काम गरेको हुनुपर्छ। यी दुई जनाबाहेक बाँकी न्यायाधीशले सर्वोच्चमा काम गरेको तीन वर्ष पुगेको छैन।
नेकपा अध्यक्ष पुष्पकमल दाहालले भोलिको बैठकबाट प्रधानन्यायाधीश सिफारिश हुने बताएका छन्।
‘भोलिको परिषद् बैठकबाट प्रधानन्यायाधीश सिफारिश हुन्छ, न्यायालयको नेतृत्व खाली हुँदैन,’ मंगलबार वीरगन्जमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले भने।
उनले संसदीय सर्वोच्चता स्थापित गर्न यसपालि सुनुवाइ समितिले परिषद्ले सिफारिश गरेका जोशीलाई अस्वीकृत गरेको बताए
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












