तमिलनाडुका पूर्वमुख्यमन्त्रीको अन्त्येष्टि विवाद उच्च अदालत पुग्यो
काठमाडाैँ २३, साउन । तमिलनाडुका पूर्व मुख्यमन्त्री र डिएमकेका दिवंगत नेता एम. करुणानिधिको पार्थिक शरिर मरिना बीचमा गाडिने कि नगाडिने भनेर बुधबार बिहान मद्रास उच्च न्यायालयले निर्धारण गर्ने बताइएको छ ।
यसबारे मंगलबार राती उच्च न्यायालयका मुख्य न्यायाधिसको घरमा सुनुवाई सुरु भएको थियो जसलाई बुधबार बिहानसम्मका लागि स्थगित गरिएको थियो ।
अदालतले राज्य सरकारसँग यसबारे जवाफ मागेको छ ।
डीएमकेले तमिलनाडुका राजनीतिक दिग्गजको अन्तिम संस्कार गरिएको स्थानमा नै आफ्नो नेताको अन्त्येष्टि गरिनुपर्ने माग राखेको थियो । तर प्रदेशको एआईएडीएमके सरकारले यसको अनुमती दिएन ।
डिएमकेले यसका लागि उच्च न्यायालयको ढोका ढक्ढकायो र अबेर राती भएपनि अदालत बस्यो । अदालतले सरकारलाई बिहान आठ बजेसम्म जवाफका लागि समय दिएको छ ।
जुलाई २८ तारिखदेखि अस्पतालमा भर्ना भएका करुणानिधीको मंगलबार बेलुका ६ बजेर १० मिनेटमा निधन भएको हो । उनी ९४ वर्षका थिए ।
उनको पार्थिक शरिर उनको निवास गोपालपुरम पुर्याइएको छ । बुधबार उनको शव राजाजी हलमा राखिनेछ ।
डीएमकेका कार्यकारी अध्यक्ष एम के स्टालिनले आफ्नो पिताको नाममा एक भावुक पत्र पनि ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘मैले तपाईंलाई पिताभन्दा बढि एक नेताको रुपमा सम्बोधन गरेको छु । अब एक पटक, मेरा नेता, के म तपाईंलाई बुवा भनेर बोलाउन सक्छु ?’
राहुल–रजनीले मरिन बीचमा स्थान पाउनुपर्ने भन्दै अपिल गरेः
सरकारले अन्ना विश्वविद्यालयको अघिल्तिरको दुई एकड जमि उपलब्ध गराउन तयार भएको बताएको छ । यो इलाका मरिन बीचभन्दा आठ किलोमिटर टाढा छ ।
करुणानिधिका छोरा एमके स्टालिन, एमके अलागिरी र छोरी कनिमोझीले भने उनको पिताले अन्ना दुरेको समाधि नजिकै स्थान पाउन् भन्ने इच्छा व्यक्त गरेका छन् ।
डीएमकेका समर्थकले मरिना बीचमा करुणानीधीको अन्तिम संस्कार हुनेपर्ने मागमा तोडफोड पनि गरेका छन् ।
कांग्रेस अध्यक्ष राहुल गान्धीे पनि करुणानिधीको अन्त्येष्टी मरिना बीचमा नै हुनुपर्नेमा समर्थन गरेका छन् ।
राहुलले ट्वीट गरेका छन्, ‘जयललिला जी जस्तै करुणानीधी पनि तमिलका आवाज थिए । त्यो आवाजले मरिन बीचमा स्थान पाउनुपर्छ । मलाई विश्वास छ कि तमिल नाडुका नेता यो दुःखको घडीमा उदार व्यवहार देखाउनेछन् । ’
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












