सांसदले पेश गरेको बलात्कारविरूद्ध संकल्प प्रस्ताव,प्रधानमन्त्रिको निर्देशनमा संसदको कार्यसूचीबाटै गायब
काठमाडाै २३, साउन । महिला हिंसा र बलात्कारविरूद्ध पाठ्यक्रम बनाउन २८ सांसदले पेश गरेको संकल्प प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा सभामुख कृष्णबहादुर महराले संसदको कार्यसूचीबाटै हटाएका छन्।
नेपाल कम्युनिष्ट पार्टीकी सांसद विन्दा पाण्डे प्रस्तावक र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित २८ जना समर्थकले असार २१ गते प्रस्ताव संसदमा दर्ता गरेका थिए। संकल्प प्रस्ताव ३२ गते संसदको सम्भावित कार्यसूचीमा परेको थियो।
संकल्प प्रस्ताव संसदमा पेश भैसकेपछि सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्छ। महिला तथा बालबालिका मन्त्री थममाया थापा जवाफ दिन तयार भएर संसद हिँडेकी थिइन्। तर उनलाई बीचबाटै फर्काइयो।
सांसद पाण्डेले आफूले राखेको प्रस्ताव संसदमा आउनबाटै रोकिएकोमा आश्चर्य व्यक्त गरिन्।
‘मैले हिजोमात्र सभामुखलाई किन प्रस्ताव आएन भनेर सोधेकी थिएँ। उनले हाँसे,’ उनले भनिन्, ‘प्रस्ताव सभामुखको कोर्टमा पुगिसकेको छ उनले नै किन रोकेको जवाफ दिन सक्नुपर्छ।’
यस विषयमा कुरा गर्न खोज्दा सभामुख कृष्णबहादुर महरा सम्पर्कमा आउन चाहेनन्। उपसभामुख शिवमाया तुम्बाहाम्फेले आफूलाई यसबारे थाहा नभएको बताइन्।
पाण्डेको प्रस्तावमा हिंसा, शोषण र बलात्कारमा परेकालाई तत्काल क्षतिपूर्ति दिन, स्थानीय तहदेखि संघीय स्तरसम्म जनचेतनाका कार्यक्रम ल्याउन र सामाजिक न्यायको कुरा विद्यालयस्तरको पाठ्यक्रममा समावेश गर्न संसदले सरकारलाई निर्देशन दिनु पर्ने उल्लेख थियो।
प्रधानमन्त्री केपी ओलीको आग्रहमा कार्यव्यवस्था समितिबाटै उक्त प्रस्ताव संसदमा लैजान रोकिएको स्रोतले सेतोपाटीलाई जानकारी दियो। कार्यव्यवस्था समितिमा सभामुख, सबै दलका प्रमुख सचेतकलगायत सदस्य हुन्छन्।
प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेतालाई समेत थाहै नदिई संकल्प प्रस्ताव ल्याएकोले रोकिएको ओली निकट एक नेताले बताए।
‘संसदीय दलको नेता प्रधानमन्त्री नै हुन। उनलाई यो प्रस्तावबारे थाहै रहेनछ,’ ती नेताले भने,‘प्रधानमन्त्रीले महिला हिंसा र बलात्कारविरूद्धको संकल्प त संविधानमै छ, सरकारले पनि काम गरिरहेकै छ फेरि किन संसदबाट संकल्प गराउनुपर्यो भनेपछि रोकिएको हो।’
संकल्प प्रस्ताव संसदबाट पारित भए सरकारले अनिवार्य कार्यान्वयन गर्नुपर्छ।
सांसद पाण्डेले प्रस्ताव ल्याउनुअघि बलात्कारमा परेका बालिका र अरू महिलाहरूलाई भेटेकी थिइन्।
‘सरकारले बलात्कारका दोषी जेलमै हाले पनि दैनिक भत्ता दिन्छ। त्यहाँ उनीहरू सुरक्षित हुन्छन्। पीडितलाई प्रहरीले विभिन्न एनजिओका सेल्टरमा पठाइदिन्छ, हाम्रा लागि सरकारले केही गर्नुपर्दैन भन्ने उहाँहरूको प्रश्न थियो। त्यसपछि मैले संकल्प प्रस्ताव ल्याएको हो,’ उनले भनिन्।
यस्तो थियो पाण्डेले दर्ता गरेको संकल्प प्रस्ताव :
नेपालको संविधान बमोजिम नेपाल पक्षराष्ट्र भएका, महिलामाथि हुने सबै प्रकारका विभेदविरूद्धको महासन्धि (सिड) अन्तराष्ट्रिय अभिसन्धिहरूले शारिरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक एवं कुनै किसिमको हिंसाजन्य कार्य र शोषणलाई दण्डनीय भनेकाले महिलामाथि हुने जघन्य अपराध (हत्या बलात्कार बोक्सी आरोपमा उत्पीडन, दाइजोको निहुँमा हुने कुटपीट)बाट पीडितलाई उपचार र क्षतिपूर्तिको व्यवस्था गर्नुका साथै त्रुटीपूर्ण सामाजिक मूल्यमान्यता, प्रथा,परम्परा, अन्धविश्वास, शोषणविरूद्ध स्थानीय तह, प्रदेश र संघीय तहमा सञ्चार जगत, नागरिक समाज र सरोकारवालाहरूको सहभागितामा व्यापक जनचेतना अभियान चलाई सामाजिक न्याय र समानताको लागि विद्यालय तहका पाठ्यक्रममा नै समावेश गर्न सरकारलाई निर्देशन दिइयोस्।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











