सम्बन्धित मन्त्रालयसँग छैन विदेश जाने कर्मचारीहरूको विवरण !
काठमाडाैँ २३,साउन । प्रत्येक मन्त्रालयले वैदेशिक भ्रमणमा गएका कर्मचारीको विवरण वेबसाइटमा राख्नुपर्ने कानूनी व्यवस्था भए पनि लागू भएको पाइएको छैन ।
‘वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका’ अनुसार प्रत्येक मन्त्रालयले वैदेशिक भ्रमणमा गएका कर्मचारीको विवरण अनिवार्य रुपमा आआफ्नो मन्त्रालयको वेबसाइटमा राख्नुपर्ने भए पनि अहिलेसम्म कुनै मन्त्रालयले वैदेशिक भ्रमणमा जाने कर्मचारीको नाम राखेका छैनन् ।
सरकारले २०७२ सालमा पहिलो पटक र अहिले संशोधन गरेर नयाँ निर्देशिका ल्याएको छ । विसं २०७२ मा जारी भएको निर्देशिकामा नै वैदेशिक भ्रमणमा गएका कर्मचारीको विवरण वेबसाइटमा राख्नुपर्ने कानूनी व्यवस्था थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोद कुँवरले निर्देशिकानुसार वैदेशिक भ्रमणमा जाने कर्मचारीको नाम नराख्ने मन्त्रालयको अनुगमन गरिने बताए ।
उनले निर्देशिकामा भएका कुरालाई कडाइका साथ लागू गरिने समेत बताए । निर्देशिकामा कर्मचारीका नाम, पद, जाने देश, गएको मिति आदि विवरण खुलाई वेबसाइटमा राख्नुपर्नेछ ।
मन्त्रिपरिषद् कार्यालयका उपसचिव विष्णु घिमिरेले सबै मन्त्रालयले वैदेशिक भ्रमणमा गएका कर्मचारीको नाम राख्ने निर्देशन दिएको बताए । उनले अहिलेसम्म गत आवमा करीब पाँच हजार कर्मचारी वैदेशिक भ्रमणमा गएको तथ्याङ्क आएको जानकारी दिए । “अझ धेरै गएको हुनसक्छन् । हामीले तथ्याङ्क सङ्कलन गर्दैछौँ”, उनले भने, “यो संख्या अझ बढ्न सक्छ ।”
यसैगरी वैदेशिक भ्रमणमा गएका कर्मचारीको खर्च पनि केही मन्त्रालयले अहिलेसम्म बुझाएका छैनन् । भ्रमणमा गइसकेको कर्मचारीले गरेको खर्च विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाउनुपर्ने हुन्छ । “परिषद् कार्यालयले पटक पटक अनुरोध गर्दा मात्र केही मन्त्रालय मात्र खर्च विवरण बुझाएका छन्”, उनले भने, “नबुझाएका मन्त्रालयलाई खर्च विवरण बुझाउन निर्देशन दिएका छौँ ।”
प्रम कार्यालयद्वारा नाम सार्वजनिक
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट वैशाखयता १२ कर्मचारी वैदेशिक भ्रमणमा गएको विवरण वेबसाइटमार्फत सार्वजनिक गरिएको छ ।
प्रधानमन्त्री कार्यालयले मङ्गलबार मात्र ती कर्मचारीको विवरण वेबसाइटमा राखेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअनुसार विदेश जाने कर्मचारीमा मुख्य सचिव लोकदर्शन रेग्मी, सचिव केदारबहादुर अधिकारी, सहसचिव डा हरि पौडेल, उपसचिव कृष्णप्रसाद देवकोटा, विजय राना, विनोदकुमार दाहाल, लेखा अधिकृत देवराज पोखरेल, शाखा अधिकृताद्वय रीता रेग्मी र निराज शर्मा, नायब सुब्बा बद्रीप्रकाश निरौला चीन, सहसचिव यमलाल भुसाल ब्राजिल र उपसचिव लक्ष्मीप्रसाद गौतम अष्ट्रिया रहेका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले आफूहरूले यसअघि वैदेशिक भ्रमणमा गएका कर्मचारी विवरण नराख्ने गरेको भए तापनि अब चाँडै राखिने बताए । वैदेशिक भ्रमणमा जाने कर्मचारी उपसचिवसम्मको स्वीकृति मन्त्रालयले, सहसचिवको स्वीकृति मन्त्री र सचिवको स्वीकृति मन्त्रिपरिषद् कार्यालयले गर्नुपर्ने हुन्छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












