सार्वजनिक सुरक्षा ऐन संशोधनसहित संसदमा पठाउने निर्णय
काठमाडाैँ २४, साउन । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले सार्वजनिक सुरक्षा ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक २०७५ लाई संशोधनसहित संघीय संसदमा पठाउने निर्णय गरेको छ ।
विहिबार सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठकले विधेयकमाथि सामान्य छलफल गरि संशोधनसहित संघीय संसदमा पठाउने निर्णय गरेको हो । समितिको बैठकको सभापतित्व गरेका जेष्ठ सदस्य दिलेन्द्रप्रसाद बडुले संशोधनसहित विधेयकलाई संघीय संसदमा पठाउन राखेको प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो ।
सदस्यहरु सञ्जय गौतम र मिनाक्षी झाले मुल ऐनको दफा १२ को प्रस्तावित संशोधनमा सम्भव भएसम्म भन्ने शब्द झिक्नुपर्ने भन्दै संशोधन प्रस्ताव दर्ता गराएका थिए । गौतम र समिति सदस्य देवेन्द्र कँडेलले नजरबन्दमा राखिएका व्यक्तिलाई छोड्नुपर्दा उनको परिवार वा नजिकको नातेदारलाई रोहबरमा राख्नु उपयुक्त हुने भन्दै त्यहाँ उल्लेखित सम्भव भएसम्म भन्ने शब्द झिक्नुपर्ने धारणा राखेका थिए ।
समितिबाट सर्वसम्मति पारित भएको सार्वजनिक सुरक्षा ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक २०७५ आगामी प्रतिनिधिसभाको बैठकमा पेस हुनेछ ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












