बाढीका कारण २२ जनाको मृत्यु, कयौं बेपत्ता
काठमाडाैँ २५, साउन । भारतको केरला राज्यमा बाढी पहिरोका कारण गत २४ घण्टामा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
अत्यधिक बर्षापछि आएको बाढी पहिरोले अरु कैयौँ बेपत्ता पनि भएको स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।
मृत्यु भएकाहरु इडुक्की, मालापुराम, कोझीकोडे वायानाडा र इर्नाकुलाम जिल्लामा रहेका समाचारमा जनाइएको छ ।
केरला राज्यका मुख्य मन्त्री पिनारायी भिजायानले बाँधहरुमा पानीको मात्रा बढेपछि २६ बर्षमा पहिलो पटक इदुकी जलाशयको चेरुथोनी बाँधका गेटहरू खोलिएको बताए । बाढीले बढी क्षति पु¥याएकोले बाँधका गेटहरू खोल्नुपरेको उनले बताएका छन् ।
पछिल्लो विवरण अनुसार इर्नाकुलाम जिल्लामा थप दुई जनाको मृत्यु भइ कुल मृत्यु हुनेहरुको संख्या २२ पुगेको हो । त्यस अगाडी इडुक्कीमा ११ जनाको, मालापुराममा छ जनाको, कोझीकोडेमा दुई जनाको र वायानाडमा एक जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन अधिकारीले जानकारी दिएका छन् ।
“तल्लो भूभागमा रहेको अधिकांश ठाउँहरूमा बाढी पसेको छ, पालाक्काड, वायालाड र कोझीकोडे जिल्लामा केही बेपत्ता भएका छन्,” ती अधिकारीले भने ।
“अवरुद्ध भएका हवाइ सेवाहरू पुनः सुरु गर्न लागिएको छ भने मौसमी अवस्थामा सुधार भइरहेको छ,” विमानस्थलका एक अधिकारीले भने ।
विद्यालय र कलेजहरू बन्द गरिएको स्थानीय टेलिभिजनहरुले बताएका छन् ।
केरला राज्यका मुख्य मन्त्री पिनारायी भिजायानले बाँधहरुमा पानीको मात्रा बढेपछि बाँध खोलिएकाले बाढीले बढी क्षती पुर्याएको बताएको हो
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












