गृहमन्त्री बादललाई गृहजिल्लामा बिद्यार्थिद्वारा सम्मान
काठमाडाैँ २५, साउन । गृह जिल्ला चितवनमा गृह मन्त्री रामबहादुर थापा (बादल) लाई सम्मान गरिएको छ । रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रध्यापक र विद्यार्थीले उनलाई सम्मान गरेका हुन ।
शुक्रबार गृहमन्त्री थापालाई संयुक्त प्राध्यापक संगठन र संयुक्त विद्यार्थी सगठंनले संयुक्त रुपमा एक भव्य समारोहका बचि सम्मान गरेका हुन् । तत्कालीन रामपुर कृषि क्याम्पसका पूर्व विद्यार्थीसमेत रहेका थापा मुलुकको सुरक्षा व्यवस्थाको प्रमुख निकायमा पुग्नु चितवनसगैँ समग्र मुलुकै लागि गौरवको विषय भएको भन्दै उनीहरुले सम्मान गरेको हुन् ।
कृषि शिक्षा सर्वसधारणको पहुँचमा पुराउन, निजी क्षेत्रलाई दिने सम्बन्धन, कृषि परिषद् गठन र कृषि शिक्षा ऐन, नीति निर्माणका लागि पहल गर्नसमेत प्राध्यापक र विद्यार्थीहरुले सो अवसरमा गृहमन्त्रीको ध्यानाकर्षण गराएको कृषि विश्वविद्यालयका उपप्राध्यापक अनन्तप्रकाश सुवेदीले जानकारी दिए ।
समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले समाजवादी शिक्षा लागु गर्न सरकार अग्रसर भएको बताए। शिक्षामा अहिले अप्लसंख्यक पुँजीवादीको हावी भएको भन्दै उनले भने। ‘बहुसंख्यक अझै बाहिर छन्, त्यो हुनु हुदैन्, शिक्षा समाजवाद उन्मुख हुन जरुरी छ ।’
सरकारले शिक्षामा निजी र सिन्डिकेटको अन्त्य गर्दै समाजवाद उन्मुख शिक्षालाई जोड दिएको बताउदै शिक्षामा पूजीपतिको दवदवा अत्न्य गराएरै छाड्ने प्रतिवद्धता जनाए ।
उनले विदेशमा नेपाली पढ्न जादाँ समेत नेपाली पुजी बाहिरीएको भन्दै यसको लागि नेपालमा सर्वसुलभ रुपमा गुणस्तरी शिक्षा कसरी दिने भन्ने बारेमा सरकार गम्भीरमा छलफलमा रहेको समेत बताए । शिक्षा एकाधिकारीको अन्त्यका लागि आफुहरु कटिवद्ध भएर लाग्ने प्रपतवद्धता समेत व्यक्त गरेका थिए ।
सो अवसरमा उपप्राध्यापकहरु उदितप्रकाश सुवेदी, होमनाथ गिरी, अनन्तप्रकाश सुवेदी र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य आरके भट्टले कृषि विश्वविद्यालयको विकासका लागि ८ निजी कलेजको सम्बन्धन खारेज गरेकोमा सरकारलाई धन्यवाद दिदै अबका दिनमा कुनैपनि हालतमा निजीलाई सम्बन्ध दिन नहुने बताए ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












