नेपाली ध्वजावाहक विमानको विश्वका कुन-कुन मुलुक गन्तब्य
काठमाडाैँ २६, साउन । विदेशी कम्पनिका वायुसेवा यात्रा गर्दा विभिन्न किसिमका झन्झट,भाषा समस्या लगायत बिभिन्न समस्याबाट नेपालि यात्रुहरु ग्रसित थिए । अब नेपालि आफ्नै देशको ध्वजाबाहाक नेपालि ह्वाटबडि विमानबाट बिश्वका थुप्रै गन्तब्यमा यात्रा गर्न सकिने छ। केही लोकप्रिय गन्तव्यको भ्रमणमा विदेशी वायुसेवाको मात्र भर पर्नुपर्ने अवस्था छैन । नेपाली तीनवटा वायुसेवा कम्पनी नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयर नेपाली झन्डा बोकेर विदेशी विमानस्थलको धावनमार्गमा दौडिन्छन् ।
नयाँदिल्ली (भारत)
भारतको राजधानी नयाँदिल्ली नेपालीहरूको वैदेशिक भ्रमणको सबैभन्दा लोकप्रिय र नजिकको गन्तव्य हो । दिल्ली घुमघाम मात्र नभई धेरै नेपालीको जनजीविकासँग पनि जोडिएको गन्तव्य हो । उपचार, व्यापार व्यवसाय र विशुद्ध घुमघामका लागि पनि धेरै नेपाली नयाँदिल्ली जाने गर्छन् । यस गन्तव्यमा नेपाल वायुसेवा निगम (नेवानी)ले दैनिक उडान गर्छ । निगमले यस रुटमा ९ हजार रुपैयाँ (एकतर्फी) हाराहारी भाडा लिन्छ ।
बेंग्लोर (भारत)
ऐतिहासिक सहर बेंग्लोरमा नेवानीले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान गर्छ । सूचना र प्रविधिको क्षेत्रमा ठूलो फड्को मारेको यो सहरमा भ्रमण तथा अध्ययनका लागि पनि धेरै नेपाली पुग्ने गर्छन् । यस रुटमा नेपाल वायु सेवाले १३ हजार रुपैयाँ हाराहारीमा एकतर्फी सेवा दिन्छ ।
मुम्बई (भारत)
भारतको अर्को मत्वपूर्ण सहर हो मुम्बई । यस सहरमा नेवानिले काठमाडौंबाट साताको तीन उडान गर्छ । आइतबार, बुधबार र शुक्रबार नेवानिले उडान गर्छ । मुम्बई भारतको व्यापारिक तथा फिल्मी सिटीका रूपमा पनि चर्चित छ । यस रुटमा नेवानिले करिब १२ हजार रुपैयाँमा एकतर्फी उडान गर्छ ।
बनारस (भारत)
भारतको धार्मिक राजधानीका रूपमा परिचित बनारसमा बुद्ध एयरले उडान गर्दै आएको छ । अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीमध्ये बुद्धले बनारसमा मात्र उडान गरिरहेको छ । बुद्धले एकतर्फी १२ हजार रुपैयाँमा सेवा दिइरहेको छ । बुद्धले निकट भविष्यमा नेपालगन्ज दिल्ली उडान गर्ने योजना बनाएको छ ।
दमाम (साउदी अरेबिया)
साउदी अरेबियामा अहिले हिमालय एयरलाइन्सले मात्र नेपालबाट सीधा उडान गरिरहेको छ । नेवानीले पनि निकट भविष्यमै वाइडबडी जहाजबाट सेवा विस्तारको तयारी गरिरहेको छ । दमाम सहर साउदीमा तेलको राजधानीका रूपमा चर्चित छ । यस रुटमा हिमालयले करिब २३ हजार रुपैयाँ एकतर्फी उडान गरिरहेको छ । दमाममा हिमालयले हप्तामा दुई दिन बुधबार र शनिबार उडान गर्छ ।
दोहा (कतार)
कतारको राजधानी दोहा नेपालीहरूका लागि लोकप्रिय ट्राभल हब हो । खासगरी नेपालीले नै दुःख गरेर बनाएको यो सहरमा पनि नेपालका दुई वायुसेवा कम्पनी नेवानी र हिमालय एयरलाइन्सले उडान गर्छन् । दोहामा दुवै एयरलाइन्सको दैनिक उडान छ । मानवनिर्मित संरचनाबाट संसारलाई चकित पारिरहेको यस सहरमा नेवानि र हिमालयन दुवैले १९ हजार हाराहारीमा सेवा दिन्छन् । अहिले नेवानिले भने प्रमोसनल फेयरअन्तर्गत एकतर्फी ११ हजार रुपैयाँमै वाइडबडी जहाजबाट सेवा दिएको छ ।
दुबई (युइए)
युनाइटेड अरब इमिरेट्सको राजधानी हो– दुबई । मानवनिर्मित संरचनामा विश्व समुदायसँग तीव्र प्रतिस्पर्धा गरिरहेको यस सहरमै संसारको सबैभन्दा अग्लो बिल्डिङ बुर्ज खालिफा छ । लक्जरी ट्राभलका लागि संसारभरका पर्यटक यहाँ आउँछन् । यस सहरमा हिमालय एयरलाइन्सले सातामा चार उडान गर्छ भने नेवानिले दैनिक उडान गर्दै आएको छ ।
क्वालालम्पुर (मलेसिया)
मलेसियाको राजधानी क्वालालम्पुर धेरै नेपालीले सहजै घुम्न सक्ने गन्तव्य हो । भव्य मानवनिर्मित संरचनाले यो सहरमा धेरै पर्यटक आकर्षित गर्छ । मलेसियामा हिमालय एयरलाइन्सले साताको तीन र नेवानिले साताको चार उडान गर्छन् । यस रुटमा पनि नेवानिले करिब १९ हजार र हिमालयले २० हजार लिन्छन् ।
हङकङ
लाहुरेहरूले धेरै यात्रा गर्ने सहर हो हङकङ । यहाँ नेवानिले सोमबार, बुधबार र शुक्रबार उडान गर्छ । ट्रान्जिट हबका रूपमा पनि परिचित यस सहरले पनि बर्सेनि हजारौँ नेपालीलाई आकर्षित गरिरहेको छ । यहाँ नेवानिले करिब ३२ हजार रुपैयाँमा सेवा दिन्छ ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












