इसाई धर्मका अगुवाले गरे हिन्दु राज्य र राजतन्त्रको माग, उनमा यस्तो के प्रभाव पर्यो ?
काठमाडाैं ३१, साउन । इसाई समुदायका अगुवा तथा राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य केबी रोकायले नेपाल हिन्दु राज्य हुनुपर्ने जनाएका छन् ।
बीबीसीको साप्ताहिक नेपाल सन्दर्भमा कुरा गर्दै नेपालमा राजसंसस्था र हिन्दु धर्मले मात्रै नेपालको अस्तित्व जोगिन सक्ने उनको ठम्याई छ ।
विगतमा आफूले धर्म निरपेक्षताको पक्षमा वकालत गरेर गल्ती गरेको जनाएका छन् । ‘धर्म निरपेक्षता र गणतन्त्र’ नेपाल र नेपालीको एजेन्डा नभएको निचोडमा विगत तीन वर्षयताको अध्यनपछि मात्र आफूले बुझेको जनाएका छन् ।
उनी भन्छन्, “राष्ट्रिय एकता र अखण्डताको निम्ति कुनै न कुनै रूपमा राजतन्त्र र सबै धर्मको रक्षा एवम् समाजलाई सही बाटोमा हिँडाउन नेपालको सन्दर्भमा हिन्दू राज्य पुनर्स्थापना जरुरी छ।”
अहिले विश्वभर धार्मिक सांस्कृतिक अतिक्रमण भईरहेको भनेर चाैतर्फि आवाज उठिरहेका बेला उनले यसरी अभिव्यक्ति दिनुमा केहि रहस्य लुकेको हुन सक्ने धार्मिक नेताहरुले जनाएका छन् ।
आफू क्रिष्टिचियन धर्ममा नै विश्वास गर्ने मानिस भएपनि हिन्दु धर्म र राजतन्त्र चाहिन्छ भन्नुले नेपालमा वाह्य शक्तिले पुन: कुनै खालको गतिविधि सुरु गर्नका लागि गरिएको प्रयोगका रुपमा समेत बुझिएको छ ।
यस्तै, उनी राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य समेत हुन् ।
बीबीसीसं गरिएको कुराकानी:-
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











