खर्कको अभावमा चौँरीपालन घट्दो
मनाङ ३१, साउन । मनाङमा पुख्र्यौली पेशाका रुपमा रहेको चौँरीपालन विस्तार हराउन थालेको छ । हिमाली भेगको पहिचान ठानेर यहाँका केही मानिसले जेनतेन यो पेशा अपनाइरहेका छन् । उच्च हिमाली भेगमा जडीबुटी चरेर बाँच्ने चौँरीका लागि चरन क्षेत्र अभाव हुन थालेपछि यस्तो अवस्था आएको हो ।
असी वर्षीय ओंगेल गुरुङलाई पहिला के गर्मी, के जाडो पत्तै हुँदैनथ्यो । उनले १५÷२० वर्ष अगाडिसम्म गर्मीमा समेत भांग्रा भोटोसँगै चार÷पाँच वटा बाक्ला कपडा लगाउथ्ये तर, अहिले साधारण ज्याकेटको भरमा पनि जाडो कटाउछन् । पहिला मनाङको धारापानी गाउँदेखि नै हिउँ पथ्र्यो । अहिले यो सर्दै सर्दैमाथि मनाङ पुगिसक्यो । गुरुङका अनुसार पहिले टिलपिल टिलपिल हिउँका दानेदार रेखाले हिमताल मनमोहक देखिन्थ्यो । अहिले बगरमा परिणत भएर उदाङ्गो देखिन्छन् । चौँरीखर्कभरि सेता हिउँका थुप्रा महिनाँै दिनसम्म बिलाउँदैन्थो तर, अहिले हिउँ पर्दापर्दै बिलाएर जान्छ ।
पहिला पहिला एकै व्यक्तिको ३÷४ सय चौँरी हुन्थे । चौँरीखर्क पूरै चौँरीले भरिने गथ्र्यो । अहिले चौँरीखर्क बगर भएका छन् । उनकै पनि पहिले २०० जति चौँरी थियो । अहिले घटेर ७० वटामा खुम्चिएको छ । गाउँभरिका सबैले चौँरी पाल्ने गर्थे । खर्कभरि एक हजारभन्दा बढी चौँरी चर्थे । चौँरी लिएर मनाङ गाउँका गुम्छाङ, याकखर्क, खाङसारमाथिका हिमाली काख हुँदै तिलिचो आधार शिविर र मुस्ताङ नजीकका खर्कमा पु¥याउँदा बर्खा सकिन्थ्यो । हिउँद लागेपछि विस्तारै विस्तारै तलतिर झर्ने गरेको अनुभव उनी सुनाउछिन् ।
यहाँका अर्का चौँरीपालक ६५ वर्षीय तप्के गुरुङको अनुभव पनि उस्तै छ । उहाँले विगत ४० वर्षदेखि नै चौँरी पाल्दै आएका छन्। उनका अनुसार हिमताल गाउँबाटै शुरु हुन्थे तर, अहिले हिमालको टुप्पोमै हिउँ हुँदैन । यसले पनि जलवायु परिवर्तन भएको पुष्टि हुन्छ । यसरी वातावरण खल्बलिएर चौँरीपालन पेशा नै धरापमा परेको उनको अनुभव छ ।
हिमालको काखमा चौँरी गोठ राखेर आफ्नो आधा जीवन चौँरी गोठमा बिताएका नार गाउँका ६० वर्षीय टसी फुुन्जोको पनि कथाव्यथा उस्तै छ । सानै उमेरदेखि चौँरी गोठमा बसेका फुन्जोसँग नारका सबै खर्कको जानकारी छ । काला लेकदेखि चार हजार ६०० मिटर उचाइमा रहेको हिमताल र फुको क्याङदेखि तिब्बतको सिमानासम्मको खर्कमा बस्दाको लामो अनुभव उनीसँग छ । हिउँमा गडेका चौँरी उतार्नदेखि हिउँ चितुवाबाट घाइते चौँरीको स्याहारसुसारसम्मको अनुभव उनले संगालेका छन् । गोठमा बसेर चौँरीको दूध, घ्यू, चिज, छुर्पी, नौनी जस्ता परिकार बनाएर आफ्नो खाँचो टार्दै आएका छन् । यहाँका बासिन्दा चौँरीको ऊनबाट फेर्पा, दोचा, भोटो, भांग्रा, राडी, पाखी, नाम्लोलगायत घरेलु सामान बनाएर बेच्छन् ।
अग्लाअग्ला हिमालका काखमा रहेका खर्कमा चौँरी राख्ने, जडीबुटी जम्मा गर्ने र हिउँद्मा खर्कहरु तल सर्दा जडीबुटी बोकेर झर्ने मनाङवासीको पुरानै चलन हो । लेकमा रहँदाबस्दा जम्मा पारेका जडीबुटी जाडो छल्न बाहिरी जिल्ला विशेष गरी लमजुङ, तनहुँ, कास्की र काठमाडौँ जाँदा बेच्ने वा चामलसँग साट्ने र गर्मी लागेपछि गाउँ फर्कने चलन रहेको मनाङका पुराना चौँरीपालक खम्बा गुरुङ सुनाउछन् ।
विशेषतः चौँरीखर्क चार हजार मिटरभन्दा माथि रहने हँुदा चौँरीलाई त्यहाँको हावापानी उपयुक्त हुने अर्का चौँरीपालक सुरेश थकालीले बताउँछन् । उच्च हिमाली भेगमा रमाउने यो जङ्गली जनावरलाई स्थानीय बासिन्दाले घरपालुवा जस्तै बनाएकामा उनको चित्त बुझेको छैन ।
हिजोआज जलवायु परिवर्तनसँगै बेमौसममा हिमपात हुने र हिमपहिरोले खर्कहरु पुरिने समस्याले गर्दा चौँरी पाल्न असहज भएको स्थानीयवासी खम्बा गुरुङ बताउछन् । आफू दश वर्षको उमेरदेखि चौँरी गोठमा बस्दैआएको र अहिलेसम्म पनि चौँरी गोठमै रमाइरहेको उहाँको भनाइ छ । उनीसँग चौँरी र खर्कको २० वर्ष लामो अनुभव छ । उनका अनुसार चौँरी खर्कमा जाँदा आउँदा वरिपरि घोरल, मृग, बँदेल, नाउर जस्ता हिमाली जङ्गली जनावरलाई हिउँचितुवाले लखेटिरहेका हुन्थे । आजभोलि न मृग देखिन्छ, त न हिउँचितुवा । जताततै बगर छन् । नाफका मिङमार लामालाई अहिले सबै चिजले ठाउँ परिवर्तन गरेजस्तो लाग्छ । हिमालको काखबाट बग्ने पानीका मुहान सुकेको छ । जडीबुटी पहिलेको जस्तो छ्यापछ्याप्ती पाइँदैन । चौँरीका बथान र पाखैभरि गोठाला पछिपछि लागेको देखिँदैन ।
बर्खा याममा चौँरी लिएर खर्कहरु सार्दै तिब्वतको सीमासम्म पुग्थे गोठालाहरु । जब हिउँद याम शुरु भएर खर्कमा हिमपात हुन थाल्छ खर्क गाउँको वरिपरि सारिन्थे । निस्याङ–३ का याङदुङ गुरुङको पनि उस्तै अनुभव रहेको छ । उनका अनुसार त्यो बेला गोठाला धेरै भएर तीर हान्ने घोडा दौड गरेर रमाइलो गरिन्थ्यो । अहिलेको जस्तो सधैँ हिमपात हुँदैनथ्योे । खर्कमा प्रशस्त घाँस पलाउँथे तर, अहिले हिमपहिरोले सबै खर्कहरु पुरिएका छन् । घाँस उम्रन छाडेको छ । हिमपातले कठ्यांग्रिएर चौँरी मर्थे ।।।
पहिले अधिकाँश मनाङवासी चौँरी पाल्थे । अहिले खर्कको अभाव भएर सीमित चौँरीपालकले मात्रै यस पेशालाई निरन्तरता दिइआएका छन् । मनाङका प्रत्येक गाउँमा २० देखि २५ घरले चौँरी पाल्दै आएकामा अहिले घटेर चार÷पाँच घरमा सीमित भएको जिल्ला पशु स्वास्थ्य सेवा कार्यालय चामेको तथ्याँकले देखाउँछ । आफ्नो पेशालाई बचाइराख्न कतिपयले व्यावसायिक फार्म दर्ता गरी मनाङका याक खर्क, आइसलेक, नाम्केलेक, डाँफे लेक, क्याङ, भिमताङलगायतका खर्कमा चौँरीपालन गर्दै आएको कार्यालयले जनाएको छ ।
वातावरणविद् डा भोला विडुवाका अनुसार बेमौसममा हिमपात हुनु, बढी गर्मीका करण हिउँ पग्लिएर हिमपहिरो जानु, खर्कमा उम्रने घाँस लोप हुँदै जानु र चौँरीमा रोगको सङ्क्रमण देखिनु जलवायु परिवर्तनका संकेत हुन् ।
कार्यालयका अनुसार यस जिल्लामा अहिले तीन हजार २७२ याक र चौँरी रहेका छन् । यहाँका १५ वटा चौँरी फार्म घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका छन् । त्यस्तै, बिना दर्ताका १५ वटा जाति चौँरी फार्म रहेको बताइन्छ । दिनानुदिन चौँरीको संख्या घट्नुका प्रमुख कारण खर्ककै अभाव भएको पशु स्वास्थ्य सेवा कार्यालयका पशु चिकित्सक डा पौडेलले बताउछन् ।
चौँरीपालनमा आइपरेको यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर अनुसन्धान भइरहेको वरिष्ठ पशु विकास अधिकृत डा सूर्यप्रसाद पौडेलले बताए । चरनको अभाव भएर चौँरीमा कुपोषण, निमोनियजस्ता रोग देखा परेको छ । चौँरीमा देखिएका रोगको निदानका कार्यालयले काम गरिरहेको डा पौडेलको भनाइ छ ।।
चौँरी खर्कको विकल्प के हुन सक्छ भन्ने बारेमा पनि अनुसन्धान भएको उनले बताए ।
पछिल्लो समयमा आएर केही चौँरीपालकले पशु बीमा गरेका छन् । मनाङ ओडार गाउँका युवा चौँरीपालक सुरेश थकालीलाई अहिलेको अवस्थाले चिन्तित बनाएको रहेछ । उनले परीक्षणका लागि दुई हजार २०० मिटरमा चौँरीगोठ राखे । आफ्नो प्रयास सफल भएको उनको दावी छ । शुरु शुरुमा कठिन भए अहिले सहज भएको उनको अनुभव छ ।
थकालीका अनुसार गाउँ क्षेत्रका खाली पाटनमा चौँरीखर्क बनाउन सकिन्छ । दानाको व्यवस्था गरेर घरमै गाईवस्तुझैँ चौंरी पाल्न सकिने उनको भनाइ छ । जिल्ला वन कार्यालय मनाङका अनुसार कसैको पनि निजी खर्क छैन । सबैले सामुदायिक खर्कमा चौँरी राख्ने गरेका छन् ।
सामुदायिक खर्कले ३७ हजार ७६० हेक्टर जमीन ओगटेको अनुमान छ । पछिल्लो समय हिमपहिरोको कारण अधिकांश खर्क बगर बनेका छन् । प्रतिकूल परिस्थितिमा पनि मनाङवासीमा चौँरी मोह घटेको छैन । उनीहरु वैकल्पिक चौँरीखर्कको आशामा छन् । चौँरीखर्क वरिपरि तारजाली र सोलार प्लेट राखिदिए हिमपहिरो र जङ्गली जनावरबाट धेरै हदसम्म सुरक्षा मिल्ने उनीहरुको विश्वास छ । यहाँका मानिसको मुख्य पेशा नै चौँरीपालन भएकाले यस पेशालाई निरन्तरता दिनुपर्ने चौँरीपालक कान्छा गुरुङ बताउछन् ।
मनाङवासीका लागि पशुपालन, जडीबुटी र पर्यटन नै जीविकोपार्जनका प्रमुख आधार हुन् तर, पछिल्लो समय चौँरीपालक किसानलाई आफ्नो पुख्र्यौली पेशा थेग्न कठिन भइरहेको छ । पशुपालन व्यवसायलाई सरकारी निकाय तथा निजी र गैरसरकारी संस्थाको सहकार्यमा आधुनिकीकरण र व्यावसायीकरण गर्न जरुरी भइसकेको छ ।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते !
काठमाडाैं । हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं । अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा: सिएमसी नेपाल
कर्णाली, १२ भदौः कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११...












