भारतले हवार्इ रुट दिन राख्यो शर्त, ‘गगन’ स्याटेलाइट नेपालले राख्नुपर्ने
काठमाडाैँ ३१, साउन । भारतले नेपाललार्इ नयाँ हवार्इ रुट दिन ‘गगन’ भन्ने स्याटेलाइट प्रयोग गर्नुपर्ने शर्त अघि सारेको छ।’गगन’ भारतले निर्माण गरेको स्याटेलाइट हो।
गत जेठमा नेपाल र भारतबीच भएको छलफलमा भारतले विराटनगर, जनकपुर, नेपालगञ्ज र महेन्द्रनगरमा हवार्इ रुट दिन सकारात्मक रहेको भारतले एकाएक गगन स्याटेलाइट प्रयोगको शर्त अघि सारेको हो। यो शर्त नेपालले स्वीकार गरिसकेको छ। भारतीय स्याटेलाइट प्रयोग गर्न सकारात्मक भएकै कारण भारतीय पक्ष नेपाल आउँदैछ।
नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार स्याटेलाइटका बारेमा प्रिजेन्टेशन दिन भारतीय उच्च अधिकारी भदौमा आउँदैछन। प्राधिकरणका निर्देशक दीपक बरालका अनुसार सेप्टेम्बर १३ र १४ तारिखमा स्याटेलाइटबारेको प्रिजेन्टेशन हुनेछ।
गगन स्याटलाइट भारतको हो। विभिन्न मुलुकले एयर नेभिगेसन सहज पार्ने उद्देश्यले स्याटेलाइट राखेका हुन्छन्। भारतले एयर नेभिगेसनका लागि निर्माण गरेको गगन स्याटेलाइट अरू मुलुकले प्रयोग गरून् भन्ने चासो देखाएको छ। हामीसँग आफ्नै स्याटेलाइट छैन, उनले भने, ‘स्याटेलाइट आवश्यक भएकाले हामीले भारतकै राख्न खोजेका छौँ।‘
स्याटेलाइट प्रयोग गरेपछि नेपालका जहाज कम्पनीले आवश्यक उपकरण जडान गर्नुपर्ने उनले बताए। उनले भने, ‘गगन स्याटेलाइट प्रयोगका लागि नेपालका हवाई सेवा प्रदायक कम्पनी राजी हुने/नहुने कुरामा भर पर्छ।’
उनले स्याटेलाइटको प्रयोगपछि हवाई सुरक्षामा अभिवृद्धि हुने बताए। यो स्याटेलाइट हवाई क्षेत्रमा मात्र नभर्इ यातायात, रेलमार्ग, सर्वेक्षण, दूरसञ्चार लगायतका पूर्वाधारमा समेत प्रयोग गरिँदै आएको छ।
गगन स्याटेलाइट प्रयोगका लागि उपकरण खरिद बाहेकको सेवा शुल्क नलाग्ने बरालले जानकारी दिए।
हवार्इ रुटका लागि भारतले महेन्द्रनगर र नेपालगञ्जबाट प्रवेशविन्दु दिनका लागि सुरक्षा जाँच सफल हुनुपर्ने बरालले बताए। उनका अनुसार हवाई सुरक्षा जाँच सफल भएपछि नेपालले नेपालगञ्ज र महेन्द्रनगर प्रवेश विन्दुको आधिकारिक अनुमति पाउनेछ।
नेपालगञ्ज र महेन्द्रनगरको तुलनामा विराटनगर र जनकपुरमा प्रवेश विन्दु राख्न सहज हुने बरालले बताए।
प्राधिकरणले सेफ्टी एसेस्समेन्ट सुरु गर्न लागेको उनले बताए। ‘हामीले माग गरेको रुट जुलाईको पहिलो सातामै पेस गरिसकेको छौँ। नयाँ हवाई रुट छिटै सञ्चालनका लागि नेपाल-भारत उड्डयन प्राधिकरणले तोकिएको समयमा काम गर्दै आएको छ।’ उनले भने।
भारतले सन् २००१ अगस्टमा गगन स्याटेलाइट नेभिगेशन सेवा सुरु गरेको थियो। गगन स्याटेलाइटमार्फत संसारभरको नेभिगेशन सेटलाइट सिस्टम सुधारका लागि सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
भारतीय विमानस्थल प्राधिकरण र भारतीय स्पेस अध्ययन संस्थाले गगन स्याटेलाइट स्थापना गरेका हुन्। गगन मार्फत हवाई उडान र अवतरणमा सहयोग पुर्याउँछ
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












