नेपाली ध्वजाबाहाक वाइडबडीको गन्तब्य जापान,कोरीया र साउदी
काठमाडाैँ ३१साउन । नेपाल वायुसेवा निगमको नयाँ वाइडबडीले भारतको बिहीबारबाट बैंगलोरमा पनि उडान थालेको छ । दोहाबाट उडान थालेको एयरबस ३२० ‘अन्नपूर्ण’ले आफ्नो गन्तब्य विस्तार गर्दै लगेको छ ।
निगमले नयाँ दुई वाइडबडी अन्नपूर्ण र मकालुलाई जापान, कोरिया र साउदीको रियादमा पनि उडाउने प्रक्रिया तीव्र पारेको छ । अहिले वाइडबडीलाई निगमकै पुराना गन्तब्यहरुमा उडाइँदैछ ।
सहप्रवक्ता शैलेश कंशाकारकाअनुसार निगमले कोरियामा ग्लोलब सेल्स एजेन्ट नियक्ति गरिसेकेको छ । जापनमा पनि त्यसका लागि प्रक्रिया अघि बढेको उनले बताए । यस्ता एजेन्टले टिकेटिङ र मार्केटिङको जिम्मा लिन्छन् ।
तीन वटै गन्तब्यमा निगमले सीधा उडान थाल्न लागेको हो । निगमले जापानको नारिता एयरपोर्टमा उडान भर्ने योजना बनाएको छ । कोरियाको सियोलमा इन्चोनसम्म पनि सीधा उडानकै योजना छ । साउदीको रियाद पनि वाइडबडीले तय गर्ने नयाँ गन्तब्य हुनेछ ।
नयाँ तीनवटै गन्तब्यमा उडान अनुमति लिने प्रक्रिया पनि अघि बढिसकेकाले निकट भविष्यमै वाइडबडीले उडान थाल्ने कंशाकारले बताए । वाइडबडी दिनमा १२ देखि १४ घण्टासम्म उडान मिल्छ ।
निगमको एयरबस अन्नपूर्णले सेवा दिइरहँदा मकालु एयरबसले भने अझै सरकारबाट एओसी पाएको छैन । भन्सारको प्रक्रिया पुरा भएको र अब नागरिक उड्ययन प्राधिकरणबाट उडान अनुमति छिट्टै प्राप्त हुने कंशाकारले बताए ।
यसपछि निगमले मकालुको परीक्षण उडान गरेर सेवाको थालनी गर्नेछ । निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानका लागि दुई न्यारोबडी एयरबस र एउटा बोइङ पनि छ ।
यि दुई वाइडबडी उडाउन निगमलाई तत्काल २८ जना पाइलट आवश्यक रहेको ठहर पनि निगमले गरेको छ । ठूलो संख्यामा पाइलट चाहिने भएपछि निगमले विदेशी पाइलटहरु नियुक्ति गरिरहेको छ ।
अहिले निगमसँग वाइडबडी उडान सक्ने करिब एक दर्जन जति मात्रै पाइलट छन् । वाइडबडी उडाउन विदेशी पाइलटहरु आउने क्रम पनि जारी छ ।
वाइडबडी उडाउन दुईजना पाइलट आवश्यक पर्छ । लामो गन्तब्यमा उडान भर्दा एकतर्फी मात्रै उडान गर्नुपर्ने अवस्थाका कारण निगमलाई ठूलो संख्यामा पाइलट आवश्यक भएको हो ।
२७४ सिटेको वाइडबडीमा झण्डै १० जनाको ‘क्र्यु’ चाहिन्छ । फ्लाइटको दूरी, समय र अकुपेन्सीका आधारमा यो संख्या घटबढ हुने सहप्रवक्ता कंशाकार बताउँछन् ।
वाइडबडीलाई कम्तिमा ९० सिट ‘अकुपाइ’ हुँदा लागत उठेर नाफा प्राप्त हुन्छ । त्यसैले अकुपेन्सी बढाउने गरी विभन्न योजना बनाउने गृहकार्यमा निगम छ ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











