चिनियाँ कम्पनीले माग्यो सोलुखुम्बुको खानीबाट तामा निकाल्न उत्खनन अनुमति
काठमाडाैँ १,भदाै । चार वर्षअघि अन्वेषण अनुमति दिइएको सोलुखुम्बुको तामाखानीलाई चिनियाँ कम्पनीले उत्खनन गर्ने तयारी गरेको छ।
गत मंसिर ८ गते उद्योग विभागमा दर्ता भएको चिनियाँ कम्पनी ‘सिल्क रोड मिनिरल इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट प्राली’ले तामाखानीको अन्वेषण सकेर उत्खननको लागि खानी विभागमा निवेदन दिएको छ। ‘अन्वेषण गर्दा आर्थिक र प्राविधिक रुपले सम्भाव्य भएपछि मात्रै कुनैपनि खानी उत्खननको लागि विभागमा आउँछन्।‘ विभागका एक उच्च अधिकारीले भने, ‘सोलुखुम्बु, तनहुँ र मकवानपुरमा रहेका तामाखानी उत्खननको लागि विभागमा निवेदन आएको छ।‘
तामाखानी उत्खननकै लागि दुई अर्ब रुपैयाँ विदेशी लगानी ल्याइसकेको कम्पनीले अनुमति पाउने बित्तिकै उत्खननको काम सुरु गर्ने विभागको विश्वास छ।यसअघि विभागले ६ वटा कम्पनीलाई तामाखानी अन्वेषणको अनुमति दिए पनि कुनैपनि कम्पनीले उत्खननको अनुमति मागेका थिएनन्। अहिले चीनका दुई कम्पनीले तीन ठाउँको तामाखानी उत्खननको लागि विभागमा निवेदन दिएका हुन्।
चिनियाँ कम्पनीले सोलुखुम्बुको दुधकोशी गाउँपालिका नजिकै रहेको तामाखानी उत्खनन गर्ने लक्ष्यसहित गतवर्ष मंसिरमा दुई अर्ब रुपैयाँ विदेशी लगानी स्वीकृत गरेको थियो। वार्षिक ९ हजार टन तामा उत्खननको लक्ष्य लिएको कम्पनीले चार सय जनालाई प्रत्यक्ष रोजगारी दिने प्रतिवद्धता जनाएको छ।
असारमा दर्ता भएको डोइङ साङ एण्ड मिनिरल्स प्रालीले पनि पनि तनहुँको तामा खानी उत्खननको अनुमतिका लागि विभागमा निवेदन दिएको छ। एक अर्ब ७८ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत गराएको कम्पनीले वार्षिक ८८० टन तामा उत्खनन् गर्ने लक्ष्य लिएको छ। डोइङ साङलेनै मकवानपुरमा पनि खानी अन्वेषण तथा उत्खननको लागि विभागमा निवेदन दिएको छ।
दुई कम्पनीले गरि वार्षिक करिब १० हजार टन तामा उत्खनन् गर्ने लक्ष्य लिएका छन्। दुई कम्पनीले मात्रै नेपालको खानीमा तीन अर्ब ८० करोड रुपैयाँ विदेशी लगानी ल्याइसकेका छन्।
तामाखानीको काम अघि बढ्छ
चिनियाँ कम्पनीहरु प्राविधिक तथा आर्थिक रुपले दक्ष भएकाले तामाखानी उत्खनन् हुनेमा खानी विभाग विश्वस्त छ।
‘यस अघि पनि विभिन्न ठाउँमा विभिन्न खानी उत्खननको प्रयास गरेपनि आर्थिक तथा प्राविधिक हिसावले सम्भव भएको थिएन्।‘ खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले बिजमाण्डूलाई भने, ‘अहिले सस्तो प्रविधि भित्रिएको छ। न्यून वातावरणीय प्रभावमै खानीको उत्खनन हुने र बजारको पनि विकास भएकोले खानीहरुको उत्खनन अव सम्भव भएको छ।’
सरकारले खानी सम्म पुग्ने बाटो, बिजुली र जग्गा प्राप्तीमा सहजीकरण गर्ने नीति लिएपछि पछिल्लो समय खानीजन्य उद्योगमा विदेशी लगानी बढ्दो क्रममा छ।अघिल्लो आर्थिक वर्षमा चार करोड रुपैयाँ मात्र विदेशी लगानी आएको खानी उद्योगमा गत आर्थिक वर्षमा भने धन्नै चार अर्ब रुपैयाँ विदेशी लगानी स्वीकृत भएको उद्योग विभागको तथ्याङ्कले देखाउँछ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












