बान थाई रेस्टुरेन्टका म्यानेजिङ डाइरेक्टर गणेश ढकाल थाइल्याण्डमा सिइआे लिडर अवार्ड २०१८ बाट सम्मानित
काठमाडाैं ३, भदाै । बान थाई रेस्टुरेन्टका म्यानेजिङ डाइरेक्टर गणेश ढकाल थाइल्याण्डमा सिइआे लिडर अवार्ड २०१८ बाट सम्मानित भएका छन् ।
थाईल्याण्ड र थाई खानालाई नेपालमा सम्मान गरेको भन्दै तोनबोन भिजा फाउन्डेसनले ढकाललाई थाईल्याण्डमा सम्मान गरिएको हो ।
थाइल्याण्डका मानिसहरु मिजासिला मात्रै नभइ परिश्रमी समेत भएकाले उनीहरु आफ्नो मुलुकलाई अत्यधिक माया गर्ने गरेको कुरा ढकालले जनाए । विकासमा फड्को मारेको थाइल्याण्ड नेपालीहरुले समेत भिजिट गर्नसक्ने ठाँउमध्येको एक हो ।
सम्मान कार्यक्रममा विश्वका धेरै मानिसको उपस्थिति भएपनि नेपालको प्रतिनिधित्व गरेका ढकालले लुम्बिनीलाई भारतले आफ्नो देश भनेर भारतका बिभिन्न स्थानमा उतारेर लुम्बिनीसम्म आउने व्यवस्था मिलाएकाले नेपालको पर्यटनमा क्षति पुगेको समेत जनाउँछन् ।
आफ्नो अवार्ड सम्पूर्ण नेपाली र लुम्बिनीको प्रचारमा टेवा पुर्याउने कडीका रुपमा सावित भएको समेत जनाएका छन् । वर्षेनी ३०/४० हजार थाइ पर्यटकहरु भारतको बाटो प्रयोग गर्ने भएकाले त्यतातिर सरकार लगायतका निजी क्षेत्रले समेत ध्यान दिन सकेमा नेपालमा पर्यटन र व्यवसायको भलो हुनेमा उनको तर्क छ ।
यसका साथै, नेपालमा थाइल्याण्डका पर्यटकको संख्या बृद्वि गर्नमा थाई खानाका परिकारले समेत उल्लेख्य भुमिका खेलेको भन्दै उनले यो सम्मान नेपाल र नेपाली सबैका लागि प्रेरणा बन्ने विश्वास ब्यक्त गरेका छन् ।
अन्तराष्ट्रिय स्तरका पुरस्कार तथा अवार्डले युवापुस्तामा आफ्नै देशको पर्यटन क्षेत्रमा लगानी गर्न मद्त गर्नेमा आफू विश्वस्त रहेको समेत जनाएका छन् ।
ढकाल विगत २५ वर्षदेखि थाइ खाना बनाउन देखि व्यापार गर्नमा तल्लिन रहेका छन् । उनी महाराजगञ्जस्थित आफ्नो बान थाइ रेस्टुरेन्टमा न्युज-नेपालको टिम भेट्न जाँदा समेत र्याकमा राखेको सेफ ड्रेस देखाउदै ग्राहकको भीड हुँदा आफै सुटुक्क किचनमा पसेर थाइ खाना बनाउन थाल्ने समेत जनाए ।
मिहेनति ढकाललाई न लाज न शरम् । गरिखान उनी मालिक देखि कामदारसम्म बन्छन् । यसै कारण पनि होला उनले एकपछि अर्को सफलता प्राप्त गर्दै गएका छन् ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











