सीडीओलाई किन बनाइदै छ ‘पावरफुल’ , नयाँ संहिता अनुसार हेर्न पाउनेछन् यी ३३ कसुरका मुद्दा
काठमाडाैँ ५, भदाै । नयाँ संहिता अनुसार अझै ३३ कसुरसँग सम्बन्धित मुद्दाहरू प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले हेर्न पाउने भएका छन्। एक वर्षभन्दा कम कैद सजाय हुने फौजदारी मुद्दा अर्धन्यायिक निकायलाई हेर्न दिन सक्ने संवैधानिक व्यवस्था छ। सोही अनुसार सार्वजनिक सुरक्षासँग सम्बन्धित ३३ प्रकृतिका कसुरका मुद्दा सीडीओलाई हेर्ने दिनेगरि व्यवस्था गर्न लागिएको हो।
मुलुकी अपराध संहिता ०७४ का विभिन्न दफाहरूमा रहेका सार्वजनिक अपराधसँग सम्बन्धित कसुरका मुद्दा हेर्ने अधिकार सीडीओलाई दिन लागिएको हो।
अधिकार प्रत्यायोजनसम्बन्धी रापजत्र प्रकाशनको चरणमा छ।
देहायका दफा र कसुरका मुद्दा सीडीओले हेर्नेछन्
६० –गैरकानुनी भेला गर्न नहुने
६१ –गैरकानुनी भेला रोक्ने वा भङ्ग गर्ने आदेश उल्लङ्घन गर्न नहुने
६४ –हुलदंगा गर्न दूरुत्साहन दिन नहुने
६५ –सार्वजनिक शान्ति खलल पार्न नहुने (उपदफा १ र २)
६६ –राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने
६९ –कर्फ्यु उल्लङ्घन गर्न नहुने
७० –झुटा अफवाह फैलाउन नहुने
७१ –शान्ति भङ्ग गर्न घर, जग्गा वा सवारीसाधन दिन नहुने
७२ –संवेदनशील सार्वजनिक क्षेत्रमा मशाल जुलुस गर्न नहुने
८४ –झुटा जानकारी दिन नहुने
८५ –बाधा विरोध गर्न नहुने
८६ –राष्ट्रसेवकलाई मद्दत दिन इन्कार गर्न नहुने
८७ –आदेशको अवज्ञा गर्न नहुने
११३ –सार्वजनिक बाटो, नदी वा स्थलमा खतरा वा बाधा पु¥याउन नहुने
११६ –पशुपंक्षी राख्दा लापरबाही गर्न नहुने
११७ –पशुपंक्षी छाडा छाड्न नहुने
११८ –अभद्र व्यवहार गर्न नहुने
१२२ –सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने
१२३ –सार्वजनिक स्थानमा यौन क्रिया गर्न नहुने
१२४ –सार्वजनिक उपद्रयाईँ गर्न नहुने
१२५ –जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने –उपदफा ४ बाहेक)
२९० –पशुपंक्षीप्रति निर्दयी व्यवहार गर्न नहुने
२९१ –सार्वजनिक स्थलमा पशु वा पक्षी मार्न नहुने
कार्यविधिसँग सम्बन्धित कसुर र दफाहरू
७५ –समाह्वान, इतलायनामा इत्यादिको तामेलीमा बाधा पु¥याउन नहुने
७६ –समाह्वान, इतलायनामा, सूचना वा आदेश नबुझी फर्काउन नहुने
७७ –समाह्वान, इतलायनामा, सूचना वा आदेश तामेल हुन नदिई छली हिँड्न नहुने
७८ –समाह्वान, इतलायनामा इत्यादि च्यात्न वा उप्काउन नहुने
७९ –झुटा तरिकाले म्याद तामेल गर्न नहुने
८० –लिखत पेस गर्न इन्कार गर्न नहुने
८२ –शपथ गर्न इन्कार गर्न नहुने
८३ –जवाफ दिन इन्कार गर्न नहुने
९८ –झुटा उजुरी दिन नहुने
१००– जमानतको शर्त विपरीत अनुपस्थित हुन नहुने
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












