कन्चनपुर तनावग्रस्त,स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा हवाई फायर,४जना घाइते(भिडियो सहित)
महेन्द्रनगर७,भदाै । निर्मला पन्त हत्याको विरोधमा आज पनि प्रदर्शन भएकाे छ । बिहीबार बिहानैदेखि प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरूलार्इ नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाइ फायर गरेकाे छ । प्रहरीकाे गाेली लागि ४ जना घाइते भएका छन् ।
तीर्थ प्रसाद पनेरू, अर्जुन भण्डारा र सन्ताेष कठरियाकाे खट्टामा र तेज भट्ट टाउकाेमा गाेली लागेकाे छ । उनीहरूकाे महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेकाे छ ।
बुधवारसम्म सदरमुकाम महेन्द्रनगरमा सीमित रहेको आन्दोलन आज जिल्लाभरि फैलिएको छ । प्रहरीले हत्याका मुख्य अभियुक्तलाई बचाउन मानसिक अवस्था ठिक नभएका व्यक्तिलाई सार्वजनिक गरेको भन्दै आन्दोलनकारी थप आक्रोशित भएका छन् ।
आज बिहानैबाट सदरमुकाम महेन्द्रनगरसहित बेदकोट नगरपालिकाको सुडा, लालपुर, दैजी तथा शुक्लाफाँटा नगरपालिकाको झलारीमा आन्दोलन भइरहेका छन् । आन्दोलनकारीले सडक र चोकचोकमा टायर बाल्दै नारावाजी गरेर प्रदर्शन गरिरहेका छन् ।
बुधबारको प्रदर्शन उग्र भएपछि प्रहरीले बल प्रयोग गरेकाे थियो । प्रहरीले अाज पनि अश्रुग्यास प्रहार गरेकाे हाम्रा सहकर्मीले जनाएका छन् । प्रदर्शनका कारण पूर्वपश्चिम जाेड्ने महेन्द्र राजमार्ग अबरूद्ध भएकाे छ ।
https://www.facebook.com/motimaya.tamang.5/videos/1492994684180713/?t=3
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












