कालिमाटी कार्यक्षेत्र कस्को ? बलदेव र मातृकाबिचको कार्यक्षेत्र विवाद चुलियो
काठमाडाैं ८,भदाै । कृषि मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ र उद्योग बाणिज्य, आपूर्ति मन्त्री मात्रिका यादवबीच कार्यक्षेत्रबारे चरम विवाद भएको छ ।
पछिल्लो समय कालिमाटी तरकारी तथा फलफुल बजारको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले अनुगमन गर्दै कालिमाटीका ९८ वटा स्टल खारेज गर्ने निर्णय गरेपछि कृषिमन्त्री खनाल आफ्नो कार्यक्षेत्रमाथि हस्तक्षेप भएको भन्दै आक्रोशित बनेका छन् ।
गत भदौ ४ गते मन्त्री यादवसहितको टोली कालिमाटी पुगेर अनुगमन गर्नुका साथै व्यवसायीका २ वटा ट्रक नियन्त्रणमा लिएका थिए ।
त्यसको तीन दिनपछि मन्त्री यादवले कालिमाटीका ९८ वटा स्टल खारेज गर्ने प्रकृया अघि बढेको आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए ।
‘कालिमाटीका ९८ वटा स्टल खाजी हुने भएका छन्, सरकारसँग सस्तोमा लिएर विचौलिया भई अरुलाई ५ गुण बढी भाडामा दिनेहरुको स्टल खारेजी प्रकृया अघि बढेको छ । सो ठाउमा उत्पादनकर्तालाई नै ठाउँ दिने तयारी छ । यसले केही हदसम्मको मूल्य नियन्त्रण भने अवस्य गर्नेछ । तरकारीमा सिण्डिकेट तोड्न आवाश्यक गृहकार्य भइरहेको छ’ मन्त्री यादवले लेखेको फेसबुक स्टाटसमा छ ।
कृषि मन्त्री खनाल निकट श्रोतले मन्त्री यादवले कालिमाटी तरकारी बजार कृषि मन्त्रालय मातहत रहेको भन्दै उद्योग मन्त्रीले छापा मार्नु अवैधानिक भएको बतायो । मन्त्री खनाल निकट श्रोतले भन्यो, ‘यो सरासर गलत भयो कार्यक्षेत्रमा हस्तक्षेप गर्न खोजियो ।’
मन्त्री खनाल गत १ गते राजधानीबाहिर गएका थिए । उद्योग मन्त्री र मन्त्रालयले आफूसँग वा आफ्नो मन्त्रालयसँग सम्पर्क गरेर समन्वय नगरी अघि बढेकोमा मन्त्री खनालको असन्तुष्ट रहेका छन् ।
जबकी यसअघि नै कृषिमन्त्री खनालले कालिमाटी तरकारी बजारको अनुगमन गरेर बद्मासी गर्ने व्यवसायीलाई कारवाहीको प्रकृया अघि बढाइसकेका थिए ।
तर, सोही बीचमा सर्वोच्च अदालतमा मुद्दा दायर भएपछि सो प्रकृया अवरुद्ध भएको थियो ।
मन्त्री खनालले कालिमाटी तरकारी बजारको जेठ अन्तिम साता अनुगमन गरेर व्यवसायीलाई तीन किसिममा बर्गिकरण गरेका थिए ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












