जोशीले थपे १६ दिन विदा, मिश्रलाई अयोग्य सावित गराउन शक्तिकेन्द्रको भर !
काठमाडाैं ९, भदाै । संसदिय सुनुवाई समितिले अस्विकृत गरेका सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश दीपकराज जोशीले फेरि १६ दिनका लागि उनले तेस्रो पटक बिदा लिएको सर्वोच्च स्रोतले बताएको छ ।
यता संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश आेमप्रकाश मिश्रलाई सिफारिस गरिसकेको छ । उनले नियमित पेशी तोक्ने काम गरिरहेका छन भने, सर्वोच्च प्रशासनले मिश्रलाई कामू प्रधानन्यायाधीशमा स्थापित गरिसकेको छ ।
सर्वोच्च प्रशासनका एक कर्मचारीका अनुसार, मिश्रको पनि जोशिको जस्तै बखेडा निस्किने प्रशस्त ठाउ रहेको छ । यसअधि नै मिश्रको पनि मार्कसिट लगायतका कुरामा विवादित कुरा बाहिर आईसकेको छ। तर, नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री आेली मिश्रलाई विना कुनै अवरोध प्रधानन्यायाधीशमा अनुमोदन गरेर सर्वोच्चलाई थप राजनीतिकरण नगर्ने दाउमा छन भने यत अर्का अध्यक्षचोलेन्द्रशम्शेर राणालाई बनाउने पक्षमा देखिएको नेकपा उच्च स्रोतले जनाएको छ ।
अस्विकृत भएका जोशी भने सर्वोच्च अदालतबाट राजिनामा दिनुको सट्टा लड्ने तर यत्तिकै नछाड्ने मनस्थितिमा पुगेको बताइन्छ । उनी अहिले आफ्नो निर्णयमा एकमत हुन नसक्दा बिभिन्न शक्तिकेनन्द्र धाउनमै व्यस्त रहेका छन् । यसै क्रममा उनलाई अधिकांशले राजीनामा दिएर सम्मानित निस्किनुको विकल्प नभएको भन्दा उनमा केहि निराशा भने छाउने गरेको छ ।
सरकारले मिश्रलाई सर्वोच्चको नेतृत्व सुम्पिने तयारी गरिरहेका बेला यता जोशी सर्वोच्चमा भुइचालो ल्याएर मात्रै निस्कने सोचमा पुगेका छन् ।
स्रोतका अनुसार नेकपा भित्रै सर्वोच्चको नेतृत्वलाई लिएर घम्साघम्सी परेोक छ तर, यसको समाधानको लागि बने दुवै अध्यक्षलाई जिम्मेवारी दिइसकेको जनाइएको छ ।
विदामा विदा थप्दै गएका जोशी पर्ख र हेरको स्थितिमा भन्दा पनि चलखेलका लागि शक्तिकेन्द्र धाउदैमा व्यस्त छन् । उनले सर्वोच्चमा खतरा निम्तिने स्पष्ट संकेत दिनकालागि विदा लिएको सर्वोच्च प्रशासनका एक कर्मचारी बताउछन् । यस्तै अवस्था रहेमा मिश्रलाई समेत प्रधान्यायाधीस बन्न नदिएमा मात्रै पनि जोशीले जितेको मान्नेछन्।
अहिले जोशी र मिश्रको पानीबाराबारको स्थिति रहेको स्रोतले जनाएको छ । जोशीलाई अप्ठेरो परेको बेला मिश्रले सर्वोच्चमा पेशी तोकेर कायममुकायम प्रधानन्यायाधीशको आफ्नो भूमिका खोसेको सम्झेका जोशी जसरी पनि मिश्रलाई अयोग्य ठहर्याउन गृहकार्य गर्नका लागि विदा लिएका हुन् । जोशी मिश्रसंग रिस साँधेर कुनै पनि हालतमा अयोग्य सावित गराएर आनन्दको श्वास लिएर सर्वोच्चबाट विदा हुने अन्तिम प्रयासमा लागेको स्रोतले जनाएको छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












