जोशीले थपे १६ दिन विदा, मिश्रलाई अयोग्य सावित गराउन शक्तिकेन्द्रको भर !
काठमाडाैं ९, भदाै । संसदिय सुनुवाई समितिले अस्विकृत गरेका सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश दीपकराज जोशीले फेरि १६ दिनका लागि उनले तेस्रो पटक बिदा लिएको सर्वोच्च स्रोतले बताएको छ ।
यता संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश आेमप्रकाश मिश्रलाई सिफारिस गरिसकेको छ । उनले नियमित पेशी तोक्ने काम गरिरहेका छन भने, सर्वोच्च प्रशासनले मिश्रलाई कामू प्रधानन्यायाधीशमा स्थापित गरिसकेको छ ।
सर्वोच्च प्रशासनका एक कर्मचारीका अनुसार, मिश्रको पनि जोशिको जस्तै बखेडा निस्किने प्रशस्त ठाउ रहेको छ । यसअधि नै मिश्रको पनि मार्कसिट लगायतका कुरामा विवादित कुरा बाहिर आईसकेको छ। तर, नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री आेली मिश्रलाई विना कुनै अवरोध प्रधानन्यायाधीशमा अनुमोदन गरेर सर्वोच्चलाई थप राजनीतिकरण नगर्ने दाउमा छन भने यत अर्का अध्यक्षचोलेन्द्रशम्शेर राणालाई बनाउने पक्षमा देखिएको नेकपा उच्च स्रोतले जनाएको छ ।
अस्विकृत भएका जोशी भने सर्वोच्च अदालतबाट राजिनामा दिनुको सट्टा लड्ने तर यत्तिकै नछाड्ने मनस्थितिमा पुगेको बताइन्छ । उनी अहिले आफ्नो निर्णयमा एकमत हुन नसक्दा बिभिन्न शक्तिकेनन्द्र धाउनमै व्यस्त रहेका छन् । यसै क्रममा उनलाई अधिकांशले राजीनामा दिएर सम्मानित निस्किनुको विकल्प नभएको भन्दा उनमा केहि निराशा भने छाउने गरेको छ ।
सरकारले मिश्रलाई सर्वोच्चको नेतृत्व सुम्पिने तयारी गरिरहेका बेला यता जोशी सर्वोच्चमा भुइचालो ल्याएर मात्रै निस्कने सोचमा पुगेका छन् ।
स्रोतका अनुसार नेकपा भित्रै सर्वोच्चको नेतृत्वलाई लिएर घम्साघम्सी परेोक छ तर, यसको समाधानको लागि बने दुवै अध्यक्षलाई जिम्मेवारी दिइसकेको जनाइएको छ ।
विदामा विदा थप्दै गएका जोशी पर्ख र हेरको स्थितिमा भन्दा पनि चलखेलका लागि शक्तिकेन्द्र धाउदैमा व्यस्त छन् । उनले सर्वोच्चमा खतरा निम्तिने स्पष्ट संकेत दिनकालागि विदा लिएको सर्वोच्च प्रशासनका एक कर्मचारी बताउछन् । यस्तै अवस्था रहेमा मिश्रलाई समेत प्रधान्यायाधीस बन्न नदिएमा मात्रै पनि जोशीले जितेको मान्नेछन्।
अहिले जोशी र मिश्रको पानीबाराबारको स्थिति रहेको स्रोतले जनाएको छ । जोशीलाई अप्ठेरो परेको बेला मिश्रले सर्वोच्चमा पेशी तोकेर कायममुकायम प्रधानन्यायाधीशको आफ्नो भूमिका खोसेको सम्झेका जोशी जसरी पनि मिश्रलाई अयोग्य ठहर्याउन गृहकार्य गर्नका लागि विदा लिएका हुन् । जोशी मिश्रसंग रिस साँधेर कुनै पनि हालतमा अयोग्य सावित गराएर आनन्दको श्वास लिएर सर्वोच्चबाट विदा हुने अन्तिम प्रयासमा लागेको स्रोतले जनाएको छ ।
Comments
अरु समाचार
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...












