बिम्स्टेक को चौथो शिखर सम्मेलनको आज यसरी हुँदैछ ग्रान्ड रिहर्सल
काठमाडौं ११,भदाै । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन भदौ १४ र १५ गते काठमाडौंमा हुँदै छ । सम्मेलनको पूर्वसन्ध्यामा चारवटै सुरक्षा निकालयले आफ्नो तयारी तीब्र बनाएका छन् ।
गृह मन्त्रालयले तयार पारेको सुरक्षा योजना अनुसार भीभीआईपी सुरक्षाको पहिलो घेरामा नेपाली सेना रहने छ । दोस्रो घेरामा प्रहरी र तेस्रो घेरामा सशस्त्र प्रहरीको सुरक्षा घेरा रहने बताइएको छ ।
‘सुरक्षाको पहिलो घेरामा नेपाली सेनाको लिड हुन्छ’ सैन्य प्रवक्ता सहायकरथी गोकुल भण्डारीले भने, ‘आवश्यकता अनुसार पर्याप्त सैनिक परिचालन गर्नेगरी सुरक्षा योजना बनेको छ ।’
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागसँगको समन्वयमा सुरक्षा योजना निर्माण भइरहेको सैन्य प्रवक्ता भण्डारीले बताए ।
अति विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि–२०७० अनुसार गृह मन्त्रालयले तयार गरेको सुरक्षा योजना अनुसार दोस्रो घेरामा नेपाल प्रहरी रहने छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सम्मेलन अवधिभर भीभीआईपीको मुभमेन्ट हुने स्थानहरुमा कुल १२ हजार प्रहरी परिचालित हुनेछन् ।
काठमाडौंको सोल्टी होटलमा हुने शिखर सम्मेलनको तेस्रो घेरामा सशस्त्र प्रहरी बल परिचालित हुनेछ । सशस्त्र प्रहरी बलका सुरक्षा अधिकारीहरुले भीभीआईपी मुभमेन्ट हुने स्थानहरुका पुल, आकाशेपुल र कल्भर्टहरुको सुरक्षा गर्ने सशस्त्र प्रहरी बलका एक उच्च अधिकारीले जानकारी दिएका छन् । सम्मेलन अवधिभर करिब ४ हजार सशस्त्र प्रहरी बालका सुरक्षा अधिकारीहरु परिचालिन हुनेछन् ।
सम्मेलनको पूर्वसन्ध्यामा सोमबार ग्रान्ड रिहर्सल हुने भएको छ । बिहान ५ बजेदेखि त्रिभुवन विमानस्थलबाट शुरु हुने ग्रान्ड रिहर्सलमा भीभीआईपी पाहुनाहरुलाई सोल्टी होटलसम्म कसरी लैजाने र गाला डिनरका लागि हायात होटल सम्म कसरी लैजाने भन्नेबारे अभ्यास गरिने बताइएको छ ।
यस्तो हुन्छ, भीभीआईपी कार्गेड
बिम्स्टेक सम्मेलनका लागि भारत, भुटान, बंगलादेश, म्यानमार, थाइल्याण्ड, श्रीलंका सहित आयोजक राष्ट्र नेपालका सरकार प्रमुख र राष्ट्र प्रमुखहरु सहभागी हुन्छन् ।
अति विशिष्ट ब्यक्ति सुरक्षा कार्यविधि–२०७० अनुसार एकजना भीभीआईपीको गाडीलाई नेपाल प्रहरीका सात वटा मोटरसाइकलले कभर गर्नेछ ।
भीभीआईपीको गाडीको सबैभन्दा अगाडि मोटरसाइकल, त्यसपछि नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को गाडी र त्यसपछि नेपाली सेनाको गाडी हुनेछ ।
नेपाली सेनाको गाडीभन्दा पछाडि रहने भीभीआईपीको गाडीलाई नेपाल प्रहरीको चार वटा मोटरसाइकलले कभर दिनेछ । सात वटै भीभीआईपीको गाडी पछाडी नेपाली सेनाका सुरक्षा अधिकारीको गाडी र त्यसपछि प्रहरीको गाडीले स्कटिङ गर्नेगरी सुरक्षा योजना तयार भएको बताइएको छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












