बिम्स्टेक को चौथो शिखर सम्मेलनको आज यसरी हुँदैछ ग्रान्ड रिहर्सल
काठमाडौं ११,भदाै । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन भदौ १४ र १५ गते काठमाडौंमा हुँदै छ । सम्मेलनको पूर्वसन्ध्यामा चारवटै सुरक्षा निकालयले आफ्नो तयारी तीब्र बनाएका छन् ।
गृह मन्त्रालयले तयार पारेको सुरक्षा योजना अनुसार भीभीआईपी सुरक्षाको पहिलो घेरामा नेपाली सेना रहने छ । दोस्रो घेरामा प्रहरी र तेस्रो घेरामा सशस्त्र प्रहरीको सुरक्षा घेरा रहने बताइएको छ ।
‘सुरक्षाको पहिलो घेरामा नेपाली सेनाको लिड हुन्छ’ सैन्य प्रवक्ता सहायकरथी गोकुल भण्डारीले भने, ‘आवश्यकता अनुसार पर्याप्त सैनिक परिचालन गर्नेगरी सुरक्षा योजना बनेको छ ।’
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागसँगको समन्वयमा सुरक्षा योजना निर्माण भइरहेको सैन्य प्रवक्ता भण्डारीले बताए ।
अति विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि–२०७० अनुसार गृह मन्त्रालयले तयार गरेको सुरक्षा योजना अनुसार दोस्रो घेरामा नेपाल प्रहरी रहने छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सम्मेलन अवधिभर भीभीआईपीको मुभमेन्ट हुने स्थानहरुमा कुल १२ हजार प्रहरी परिचालित हुनेछन् ।
काठमाडौंको सोल्टी होटलमा हुने शिखर सम्मेलनको तेस्रो घेरामा सशस्त्र प्रहरी बल परिचालित हुनेछ । सशस्त्र प्रहरी बलका सुरक्षा अधिकारीहरुले भीभीआईपी मुभमेन्ट हुने स्थानहरुका पुल, आकाशेपुल र कल्भर्टहरुको सुरक्षा गर्ने सशस्त्र प्रहरी बलका एक उच्च अधिकारीले जानकारी दिएका छन् । सम्मेलन अवधिभर करिब ४ हजार सशस्त्र प्रहरी बालका सुरक्षा अधिकारीहरु परिचालिन हुनेछन् ।
सम्मेलनको पूर्वसन्ध्यामा सोमबार ग्रान्ड रिहर्सल हुने भएको छ । बिहान ५ बजेदेखि त्रिभुवन विमानस्थलबाट शुरु हुने ग्रान्ड रिहर्सलमा भीभीआईपी पाहुनाहरुलाई सोल्टी होटलसम्म कसरी लैजाने र गाला डिनरका लागि हायात होटल सम्म कसरी लैजाने भन्नेबारे अभ्यास गरिने बताइएको छ ।
यस्तो हुन्छ, भीभीआईपी कार्गेड
बिम्स्टेक सम्मेलनका लागि भारत, भुटान, बंगलादेश, म्यानमार, थाइल्याण्ड, श्रीलंका सहित आयोजक राष्ट्र नेपालका सरकार प्रमुख र राष्ट्र प्रमुखहरु सहभागी हुन्छन् ।
अति विशिष्ट ब्यक्ति सुरक्षा कार्यविधि–२०७० अनुसार एकजना भीभीआईपीको गाडीलाई नेपाल प्रहरीका सात वटा मोटरसाइकलले कभर गर्नेछ ।
भीभीआईपीको गाडीको सबैभन्दा अगाडि मोटरसाइकल, त्यसपछि नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को गाडी र त्यसपछि नेपाली सेनाको गाडी हुनेछ ।
नेपाली सेनाको गाडीभन्दा पछाडि रहने भीभीआईपीको गाडीलाई नेपाल प्रहरीको चार वटा मोटरसाइकलले कभर दिनेछ । सात वटै भीभीआईपीको गाडी पछाडी नेपाली सेनाका सुरक्षा अधिकारीको गाडी र त्यसपछि प्रहरीको गाडीले स्कटिङ गर्नेगरी सुरक्षा योजना तयार भएको बताइएको छ ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












