राष्ट्रियसभाको समिति सभापतिका लागि आज मनोनयन,को को छन सभापतिका उम्मेदवार
काठमाडाै १२,भदाै । राष्ट्रियसभाका चार विषयगत समिति सभापति चयनमा लागि आज मनोनयन हुँदैछ। राष्ट्रियसभा सचिवालयले बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयनको समय तोकेको छ। सचिवालयले आजै ४ः३० बजे उम्मेदवारको सूची प्रकाशन गर्नेछ। सभापति चयनका लागि बुधबार निर्वाचन हुँदैछ।
एक प्रस्तावक र समर्थकसहित उम्मेदवार दर्ता गर्न सकिनेछ। सत्तारुढ दलको सहज बहुमत रहेको सभामा चारवटै समितिमा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का सदस्यहरुले उम्मेदवारी दिँदैछन्।
राष्ट्रियसभामा चार विषयगत समिति छन्। जसमा दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आस्वासन समिति, र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन्। चारमध्ये एक समिति सभापति अनिवार्य रुपमा महिला हुनुपर्ने नियमावलीमा व्यवस्था छ।
सत्तारुढ नेकपाले मनोनयनका लागि करिब उम्मेदवार टुंगो लगाइसकेको छ। चार उम्मेदवारमा पर्शुराम मेघी गुरुङ, भैरवसुन्दर श्रेष्ठ, रामनारायण बिडारी र दिलकुमारी रावल थापा (पार्वती) रहेका छन्।
नेकपा स्रोतका अनुसार दिगो विकासमा श्रेष्ठ, विधायन व्यवस्थापनमा गुरुङ, प्रत्यायोजित व्यवस्थापनमा बिडारी र राष्ट्रिय सरोकारमा थापाको नाम सभापतिमा प्रस्तावित छन्।
५९ सदस्यीय सभामा नेकपाका मनोनीत सदस्यसहित ४२ सदस्य छन्। विपक्षी दल कांग्रेसका १३ सदस्य रहँदा मधेश केन्द्रित दुई दल फोरम र राजपाका २/२ सदस्य छन्। सभामा सत्तारुढ दलको दुई तिहाइ छ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












