रोजगारी दिदै प्रदेश सरकार: मधेश आन्दोलनका शहीद परिवारलार्इ
काठमाडाैं १२,भदाै । प्रदेश २ सरकारले मधेस अान्दोलनका शहीद परिवारलार्इ रोजगारी दिन सुरू गरेको छ । मन्त्रिपरिषद्को पहिलो बैठकको निर्णय अनुसार पदेश सरकारले शहीद परिवारलार्इ रोजगारी दिन सुरू गरेको हो ।
सरकारले मंगलबार एक कार्यक्रमका बीच तेस्रो मधेस अान्दोलनका क्रममा शहीद भएका राजीव राउतकी श्रीमती निलमदेवी राउतलाई नियुक्तिपत्र थमाएको छ ।मुख्य न्यायाधीवक्ताको कार्यालयमा उनलाई नियुक्ति दिइएको हो । कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले निलम देवी राउतलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् ।
नियुक्ति पत्र हस्तान्तरण समारोहमा मुख्यमन्त्री राउतले प्रत्येक शहीद परिवारलाई योग्यता र क्षमताको आधारमा रोजगारी दिने बताए । ‘हामी आव्हान गरी सकेका छौ । जति शहीद परिवार सम्पर्कमा आउनुहुन्छ, सबैलाई योग्यता र क्षमताको आधारमा रोजगारी दिन्छौ ।’ उनले भने ।
यसअघि सोही कार्यालयमा अर्को शहीद राम विवेक यादवकी श्रीमती अनिला यादवलाईसमेत रोजगारी दिइएको थियो ।
मुख्य न्यायाधीवक्ता कार्यालयले हालसम्म दुर्इजना शहीद परिवारलाई रोजगारी उपलब्ध गराइएको छ । मधेश आन्दोलन शहीद परिवार रोजगारी तथा घाइते सहायता निर्देशिका २०७५ अनुसार उनीहरुलाई रोजगारी दिइएको छ ।
निर्देशिका अनुरुप प्रदेश सरकारले घाइतेहरुलाई समेत क्रमशः सहायता उपलब्ध गराउँदै आएको छ ।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











