राष्ट्रियसभा बैठकमा बालबालिका सम्बन्धी विधेयक पेश
काठमाडाैं १२, भदाै । राष्ट्रियसभाको आजको बैठकमा ‘बालबालिका सम्बन्धी विधेयक, २०७५’ पेश गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले उक्त विधेयक पेश गरेका हुन् । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बैठकले स्वीकृत गरेको थियो ।
मन्त्री ढकालले संविधान, सर्वोच्च अदालतको नजिर र अन्तर्राष्ट्रिय सन्धि सम्झौतालाई आधार बनाएर विधेयक संशोधन गरिएको बताउँदै विधेयकलाई सकारात्मक रुपमा अगाडि बढाउन आग्रह गरे । प्रस्तावको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद रामनारायण विडारीले सरकार, प्रहरी तथा प्रशासनलाई कर्तव्यबोध गराउनका लागि र राज्यले अनाहकमा दिने याताना रोक्नका लागि आएको संशोधन ठिक रहेको बताए ।
सांसद् राधेश्याम अधिकारीले नेपालको संविधान, सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्त, कानूनको सर्वमान्य सिद्धान्तअनुसार सामाजिक सुरक्षा विधेयक संशोधन गर्नुपरेको धारणा व्यक्त गरे । कानूनमन्त्री ढकालले प्रस्तुत गर्नुभएको ‘अपराध पीडित संरक्षण विधेयक, २०७५’ माथि दफाबार छलफलका लागि विधायन समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले दफाबार छलफलका लागि विधायन समितिमा पठाउने स्विकृति दियो ।
बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले ‘महालेखा परीक्षकको ५५ औँ वार्षिक प्रतिवेदन, २०७४’ पेश गरेका थिए । राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘अन्तर्राष्ट्रिय आतङ्कवाद, अन्तरदेशीय सङ्गठित अपराध र अवैध लागू औषध कारोवारविरुद्ध सहयोग सम्बन्धी बिम्स्टेक महासन्धि’ टेबुल गरेका थिए ।
विशेष समय
राष्ट्रियसभाको आजको बैठकको विषेश समयमा सांसद् राधेश्याम अधिकारीले प्रधानमन्त्रीले सम्पादकसँग गर्नुभएको संवादको प्रसंग उल्लेख गर्दै जनतामा रहेको निराशा हटाइ आशा जगाउने काम सरकारको भएको बताए ।
नेकपा (माओवादी) का पूर्व लडाकू लेनिन विष्ट विदेश जाने बेलामा विमानस्थलबाट फर्काइएको घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै उनले यसमा सामान्य नागरिकको मानवअधिकार हनन् गरेको टिप्पणी गरे ।
नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई अदालतको आदेशपछि पनि पटक÷पटक थुनिएकोबारे जानकारी गराउँदै सांसद अधिकारीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन भए करका सम्बन्धमा देखिएका समस्या हुने भएकाले तत्काल यसमा ध्यान दिन आग्रह गरे ।
सांसद् हरिचरण शिवाकोटीले एकात्मक व्यवस्थामा बनेको कर्मचारीतन्त्रका कारण संविधानले अङ्गिकार गरेको समाजवाद उन्मुख समृद्धितर्फ जान कठिन भएको आरोप लगाए । मुलुकको आर्थिक अवस्थाअनुसर राजनीतिक नेतृत्वले कतिसम्म सुविधा लिन उचित हुन्छ भन्ने निश्चित गर्नुपर्ने गर्नुपर्नेमा जोड दिँदै उनले पूर्व पदाधिकारीले घरमा सुरक्षाकर्मी राखेर अधिकारको दुरुपयोग गरेको बताए ।
सांसद् वृषेशचन्द्र लालले आपराधीलाई कानून र प्रहरीसँग डर नभएका कारण मुलुकभर महिलामाथि हिंसा बढ्दै गएकाले गृह मन्त्रालय गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे । उनले अबोध बालबालिकामाथि बलात्कार र हत्या बढ्नु मुलुकका लागि गम्भीर चुनौती भएकाले यस्ता घटना हुन नदिन गृहमन्त्रीसँग के रणनीति छ जानकारी गराउन आग्रह गरे ।
सांसद् कोमल ओलीले आफू विदेशमा रहँदा त्यहाँ रहेका नेपाली नागरिकले मुलुकमा समृद्धिको चाहाना राखेको र मुलुकमा राजीतिक स्थिरतापछि आशा पलाएको आफूले पाएको बताए । यहाँ हुन लागेको बिम्स्टेकको चौंथो शिखर सम्मेलन मुलुकका लागि गौरवको विषय भएको र उक्त सम्मेलन सम्पर्कसञ्जालका दृष्टिले उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्दै उनले विदेशी विशिष्ट पाहुनाको आगमनले नेपालको पर्यटन क्षेत्रमा समेत टेवा पुग्ने धारणा व्यक्त गरे ।
सांसद् रामप्रित पाशवानले प्रदेशलाई दिएको अधिकारबारे ध्यानाकर्षण गराउँदै प्रदेश नं २ मा राजपत्रमा प्रकाशित गरी बकर इद र रक्षा बन्धनका दिन दिएका बिदा जनकपुरस्थित राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयकाले अवज्ञा गरेको घटनाले केन्द्रीय सरकारमा अmझै पुरानतवादी सोच कायम रहेको देखिएको आरोप लगाए । उनले यस घटनाले सङ्घीयता कमजोर हुने अरोप पनि लगाए ।
सांसद् रामलखन चमारले सुस्तावासीले भोगिरहेका समस्याबारे सरकारको ध्यानाकर्षण गराउँदै विकास निर्माणका काममा अनियमितता गर्नेलाई कारवाही गर्नका लागि प्रभावकारी अनुगमन टोली बनाउन माग गरे । बिम्स्टेक सम्मेलनमा भारतसँग भएका सम्झौता कार्यान्वयनका लागि सरकारले पहल गर्नुपर्नेमा पनि उनले जोड दिए ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











