श्रीलङ्काली राष्ट्रपति मैत्रीपाल आउने भएपछि बौद्ध चैत्य सरसफाइ
काठमाडाैं ११,भदाै । चाबहिलस्थित बौद्ध चैत्यको दर्शनका लागि श्रीलङ्काली राष्ट्रपति मैत्रीपाल सिरीसेना आउने भएपछि आज विशेष सरसफाइ गरिएको छ ।
करीब दुई हजार ३०० वर्ष पुरानो उक्त चैत्यको दर्शनका लागि श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरीसेना आउने भएपछि नेपाली सेना, प्रहरी, स्थानीयवासीलगायतले सफासुग्घर तथा रङरोगन गरेका छन् । चारुमती बुद्धिष्ट मिसन नेपालका अध्यक्ष भिक्षु तपस्सी धम्मले श्रीलङ्काका राष्ट्रपति सिरीसेना बिम्स्टेकको बैठकमा सहभागी हुन आउने क्रममा यही भदौ १७ गते उक्त चैत्यमा आउने कार्यक्रम रहेको जानकारी दिए ।
विहारले शान्तिपूर्ण तथा सहअस्तित्वको समाज निर्माणका लागि बुद्धका शिक्षा तथा उपदेशलाई फैलाउन विभिन्न धार्मिक, नैतिक, सामाजिक शिक्षा दिँदै आएको उनले बताए ।
कामपा–७ पर्ने उक्त चैत्यलाई धन्दो चैत्यसमेत भनिन्छ । सम्राट अशोकले आफ्नो छोरी चारुमतीको नेतृत्वमा धर्मदूत पठाएर निर्माण गरिएको इतिहास पाइन्छ । ठूलो नरसंहार गरेर सम्राट भएका अशोकले बौद्ध दर्शन तथा उपदेश प्रचारका लागि काठमाडौँ, श्रीलङ्का, म्यान्मा, थाइल्याण्डलगायत विभिन्न मुलुकमा आफ्ना छोरा, छोरी तथा विश्वासिला दूत पठाएका थिए ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












