सरकारको अवरोधका बाबजुत ठाकुरले गरे मोदीको भव्य स्वागत
काठमाडाैं १४, भदाै । काठमाडाैंमा जारी विस्मटेक सम्मेलनमा भाग लिन आइपुगेका भारतीया प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न पुगेका युवालाई प्रहरीले हस्तक्षेप गरेर रोकेको छ । मोदीको स्वागतमा हिडेका युवालाई प्रहरीले माथीको आदेश भन्दै रोकेको हो ।
मोदीको स्वागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तर्फ हिँडेका नेपाल फाउन्डेसनका युवाहरुलाई प्रहरीले बाटैमा रोकेपछि उनीहरुले सरकार प्रति गुनासो गरेका छन् । मोदीको तस्विर अंकित जर्सी र बिमस्टेकको जर्सी लगाएका उनीहरुलाई सुरक्षाकर्मीले एयरपोर्ट जानबाट नदिएको फाउन्डेसनका अध्यक्ष विकाश ठाकुरले जनाएका छन् ।
एयरपोर्टमा प्रहरीले कार्यक्रममा अवरोध खडा गरेपछि ठाकुरले तीनकुनेमा कार्यक्रम गर्ने तयारी थालेका थिए तर, त्यहाव समेत कार्यक्रम गर्न नदिइए पछि ठाकुरले चित्त दुखेको जनाएका छन् ।
नेपाल-भारतको सम्बन्ध मजबुत होस भन्ने ध्येयका साथ आयोजना गरिएको कार्यक्रममा यसरी अवरोध आउनु दुखद् कुरा भएको भन्दै अध्यक्ष ठाकुरले मोदीलाई स्वागत गर्न नपाउँदा खल्लो लागेको बताए ।
तर, ठाकुरले मोदीको स्वागत भने गरेरै छाडेको जनाका छन् । आफूले सोचेजसरी कार्यक्रम गर्न नपाएपनि स्वागत भने गरिएको उनले जनाएका छन् ।
यस्तै, ग्रेटर नेपालका फणिन्द्र नेपालले मोदीलाई कालोझण्डा देखाउन निस्कन खोजेपछि प्रहरीले पक्राउ गरेर उपत्यकाका सडकमा सुरक्षा बढाएको थियो ।
बिमस्टेकमा आउने विशिष्ट पाहुनाका लागि सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ । नेपाली सेनाको नेतृत्वमा चारवटै सुरक्षानिकाय खटिएर उपत्यकामा गस्ती गरिरहेका छन् ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












