सरकारको अवरोधका बाबजुत ठाकुरले गरे मोदीको भव्य स्वागत
काठमाडाैं १४, भदाै । काठमाडाैंमा जारी विस्मटेक सम्मेलनमा भाग लिन आइपुगेका भारतीया प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न पुगेका युवालाई प्रहरीले हस्तक्षेप गरेर रोकेको छ । मोदीको स्वागतमा हिडेका युवालाई प्रहरीले माथीको आदेश भन्दै रोकेको हो ।
मोदीको स्वागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तर्फ हिँडेका नेपाल फाउन्डेसनका युवाहरुलाई प्रहरीले बाटैमा रोकेपछि उनीहरुले सरकार प्रति गुनासो गरेका छन् । मोदीको तस्विर अंकित जर्सी र बिमस्टेकको जर्सी लगाएका उनीहरुलाई सुरक्षाकर्मीले एयरपोर्ट जानबाट नदिएको फाउन्डेसनका अध्यक्ष विकाश ठाकुरले जनाएका छन् ।
एयरपोर्टमा प्रहरीले कार्यक्रममा अवरोध खडा गरेपछि ठाकुरले तीनकुनेमा कार्यक्रम गर्ने तयारी थालेका थिए तर, त्यहाव समेत कार्यक्रम गर्न नदिइए पछि ठाकुरले चित्त दुखेको जनाएका छन् ।
नेपाल-भारतको सम्बन्ध मजबुत होस भन्ने ध्येयका साथ आयोजना गरिएको कार्यक्रममा यसरी अवरोध आउनु दुखद् कुरा भएको भन्दै अध्यक्ष ठाकुरले मोदीलाई स्वागत गर्न नपाउँदा खल्लो लागेको बताए ।
तर, ठाकुरले मोदीको स्वागत भने गरेरै छाडेको जनाका छन् । आफूले सोचेजसरी कार्यक्रम गर्न नपाएपनि स्वागत भने गरिएको उनले जनाएका छन् ।
यस्तै, ग्रेटर नेपालका फणिन्द्र नेपालले मोदीलाई कालोझण्डा देखाउन निस्कन खोजेपछि प्रहरीले पक्राउ गरेर उपत्यकाका सडकमा सुरक्षा बढाएको थियो ।
बिमस्टेकमा आउने विशिष्ट पाहुनाका लागि सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ । नेपाली सेनाको नेतृत्वमा चारवटै सुरक्षानिकाय खटिएर उपत्यकामा गस्ती गरिरहेका छन् ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












