तातोपानी नाका समयमै खुलाउन दुई देशका सरकारी अधिकारीले स्थलगत अध्ययन गर्ने
काठमाडौं १६,भदाै। भूकम्पपछि बन्द रहेको नेपाल र चीन जोड्ने तातोपानी नाका आउँदो वैशाख १८ गते (मे १ तारिख)बाट सञ्चलानमा ल्याउने गरी दुई देशले गृहकार्य थालेका छन्। तीन वर्षअघिको भूकम्पका कारण बन्द रहेको यो भन्सार भूकम्प गएको ४ वर्षपछि खोल्न दुवै देश अग्रसर भएका हुन्।
यो नाका खोल्न भौतिक पूर्वाधार र अन्य तयारीका काम अघि बढाउन नेपाल र चीनबीच पटकपटक समझदारीपत्रमा हस्ताक्षर भएको थियो। तर अहिलेसम्म नाका सञ्चालनमा आउन सकेको थिएन।
‘दुई देशबीचको नाका सञ्चालनका लागि नेपाल र चीनका अधिकारीको संयुक्त अनुगमन टोलीले त्यहाँको भौतिक तथा अन्य पूर्वाधारको स्थलगत अध्ययन गर्दैछ,’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले भने, ‘ल्हासास्थित महावाणिज्य दूतावासको योजनमा दुवै देशका अधिकारीले संयुक्त स्थलगत भ्रमण गर्न लागेका हुन्।‘
ल्हासास्थित महावाणिज्यदूत गोबिन्दबहादुर कार्कीसहित पाँचवटा मन्त्रालयका सहसचिवहरु शनिबार स्थलगत निरीक्षणका लागि तातोपानी जाने कार्यक्रम छ। यस्तै चीन सरकारबाट सरकारी अधिकारीसहितको टोली स्थलगत निरीक्षणका लागि तातोपानी आउनेछन्।
‘दुवै देशले आफ्नो आफ्नोतर्फबाट सरकारी अधिकारीसहितको निरीक्षण टोली बनाएको छ, हामी पनि विभिन्न मन्त्रालयबाट प्रतिनिधित्व गर्दै त्यहाँ जाँदै छौँ,’ एक सहसचिवले भने, ‘आउँदो मे १ बाट नाका सञ्चालनमा ल्याउने हाम्रो तयारी हो।‘
नेपाल सरकारको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, अर्थ मन्त्रालय, कृषि तथा पशु विकास मन्त्रालय, भन्सार विभाग र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीसम्मिलित टोली त्यसतर्फ जान लागेको हो। सबै मन्त्रालय र विभागबाट उपसचिव त्यसतर्फ जान लागेका छन्।
नेपाली टोलीले चीनतर्फको संरचनाको पनि अध्ययन गर्नेछ। यसैगरी चिनियाँ टोलीले नेपालतर्फ निर्माण हुने संरचना निर्माणमा भएका कामको निरीक्षण गर्ने गरी कार्यक्रम तालिका बनाइएको छ। ‘निर्धारित मितिमा जसरी पनि नाका सञ्चालनमा ल्याउने भन्ने विषयमा द्विपक्षीय छलफल पनि हुने कार्यक्रम बनाइएको छ,’ ती अधिकारीले भने।
अर्थ मन्त्रालयका तर्फबाट टोलीका टोलीमा सहभागी हुन लागेका सहसचिव झक्कप्रसाद आचार्यले दुवैतर्फको कामको प्रगति र समस्याबारे अध्ययन गर्ने गरी आफूहरु त्यसतर्फ जान लागेको जानकारी दिए।
२०७२ वैशाखको भूकम्पपछि बन्द भएको यो नाका खुलाउन चीन सरकार उदासिन रहेको भन्दै आलोचना पनि हुँदै आएको थियो। चीनले तातोपानी क्षेत्र भौगर्विक रुपमा जोखिमपूर्ण रहेको भन्दै बस्ती बसाल्न अयोग्य रहेको भन्दै त्यहाँको मानवबस्ती अन्यत्र स्थानान्तरण गरिसकेको छ।
नेपाली पक्षले यो नाका खुलाउन पटकपटक आग्रह गरेको भए पनि चीनले विभिन्न बहाना देखाउँदै अस्वीकार गरिरहेको थियो। तातोपानी बन्द हुँदा दुई देशको व्यापार रसुवागढीबाट भइरहेको छ। रसुवाबाट दुई देशीय व्यापार गर्दा लागत धेरै पर्ने भन्दै व्यवसायीले तातोपानी खुलाउन पटकपटक आग्रह गर्दै आएका थिए।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












