तातोपानी नाका समयमै खुलाउन दुई देशका सरकारी अधिकारीले स्थलगत अध्ययन गर्ने
काठमाडौं १६,भदाै। भूकम्पपछि बन्द रहेको नेपाल र चीन जोड्ने तातोपानी नाका आउँदो वैशाख १८ गते (मे १ तारिख)बाट सञ्चलानमा ल्याउने गरी दुई देशले गृहकार्य थालेका छन्। तीन वर्षअघिको भूकम्पका कारण बन्द रहेको यो भन्सार भूकम्प गएको ४ वर्षपछि खोल्न दुवै देश अग्रसर भएका हुन्।
यो नाका खोल्न भौतिक पूर्वाधार र अन्य तयारीका काम अघि बढाउन नेपाल र चीनबीच पटकपटक समझदारीपत्रमा हस्ताक्षर भएको थियो। तर अहिलेसम्म नाका सञ्चालनमा आउन सकेको थिएन।
‘दुई देशबीचको नाका सञ्चालनका लागि नेपाल र चीनका अधिकारीको संयुक्त अनुगमन टोलीले त्यहाँको भौतिक तथा अन्य पूर्वाधारको स्थलगत अध्ययन गर्दैछ,’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले भने, ‘ल्हासास्थित महावाणिज्य दूतावासको योजनमा दुवै देशका अधिकारीले संयुक्त स्थलगत भ्रमण गर्न लागेका हुन्।‘
ल्हासास्थित महावाणिज्यदूत गोबिन्दबहादुर कार्कीसहित पाँचवटा मन्त्रालयका सहसचिवहरु शनिबार स्थलगत निरीक्षणका लागि तातोपानी जाने कार्यक्रम छ। यस्तै चीन सरकारबाट सरकारी अधिकारीसहितको टोली स्थलगत निरीक्षणका लागि तातोपानी आउनेछन्।
‘दुवै देशले आफ्नो आफ्नोतर्फबाट सरकारी अधिकारीसहितको निरीक्षण टोली बनाएको छ, हामी पनि विभिन्न मन्त्रालयबाट प्रतिनिधित्व गर्दै त्यहाँ जाँदै छौँ,’ एक सहसचिवले भने, ‘आउँदो मे १ बाट नाका सञ्चालनमा ल्याउने हाम्रो तयारी हो।‘
नेपाल सरकारको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, अर्थ मन्त्रालय, कृषि तथा पशु विकास मन्त्रालय, भन्सार विभाग र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीसम्मिलित टोली त्यसतर्फ जान लागेको हो। सबै मन्त्रालय र विभागबाट उपसचिव त्यसतर्फ जान लागेका छन्।
नेपाली टोलीले चीनतर्फको संरचनाको पनि अध्ययन गर्नेछ। यसैगरी चिनियाँ टोलीले नेपालतर्फ निर्माण हुने संरचना निर्माणमा भएका कामको निरीक्षण गर्ने गरी कार्यक्रम तालिका बनाइएको छ। ‘निर्धारित मितिमा जसरी पनि नाका सञ्चालनमा ल्याउने भन्ने विषयमा द्विपक्षीय छलफल पनि हुने कार्यक्रम बनाइएको छ,’ ती अधिकारीले भने।
अर्थ मन्त्रालयका तर्फबाट टोलीका टोलीमा सहभागी हुन लागेका सहसचिव झक्कप्रसाद आचार्यले दुवैतर्फको कामको प्रगति र समस्याबारे अध्ययन गर्ने गरी आफूहरु त्यसतर्फ जान लागेको जानकारी दिए।
२०७२ वैशाखको भूकम्पपछि बन्द भएको यो नाका खुलाउन चीन सरकार उदासिन रहेको भन्दै आलोचना पनि हुँदै आएको थियो। चीनले तातोपानी क्षेत्र भौगर्विक रुपमा जोखिमपूर्ण रहेको भन्दै बस्ती बसाल्न अयोग्य रहेको भन्दै त्यहाँको मानवबस्ती अन्यत्र स्थानान्तरण गरिसकेको छ।
नेपाली पक्षले यो नाका खुलाउन पटकपटक आग्रह गरेको भए पनि चीनले विभिन्न बहाना देखाउँदै अस्वीकार गरिरहेको थियो। तातोपानी बन्द हुँदा दुई देशको व्यापार रसुवागढीबाट भइरहेको छ। रसुवाबाट दुई देशीय व्यापार गर्दा लागत धेरै पर्ने भन्दै व्यवसायीले तातोपानी खुलाउन पटकपटक आग्रह गर्दै आएका थिए।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











