चीन, पाकिस्तान र श्रीलंकासँग द्विपक्षीय सैन्य अभ्यास गर्दै ,नेपाली सेना
काठमाडाैँ १८,भदाै । नेपाली सेनाले चीन, पाकिस्तान र श्रीलंकासँग द्विपक्षीय सैन्य अभ्यास गर्ने भएको छ। बिम्स्टेक मुलुकका सेनाप्रमुखको उपस्थितिमा भारतको पुणेमा गरिने संयुक्त सैन्य अभ्यासलगत्तै यी मुलुकसँग सैन्य अभ्यास गर्न लागिएको हो।
‘नेपालको परराष्ट्र मामिला र सुरक्षा नीति’मा आधारित रहेर सैन्य अभ्यासले मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धको दायरा बढाउने नेपाली सेनाले जानकारी दिएको छ।
बिम्स्टेक शिखर सम्मेलनअगावै यस प्रकारको अभ्यासको टुंगो लागेको सेनाको भनाइ छ। प्रधानसेनापति राजेन्द्र क्षत्री बिदामा बस्ने अघिल्लो दिन साउन २३ मा आफ्ना सकल दर्जा, अधिकृत र रथीलाई दिएको ९२ बुँदे बिदाइ सम्बोधनको ४७ र ४८ नम्बर बुँदामा सैन्य अभ्यासबारे उल्लेख भएको छ।
‘यसमा सहभागी मुलुकबीचको अनुभव र उत्कृष्ट अभ्यास आदानप्रदान हुन्छ’, नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले भने, ‘सरकारको निर्णयमा अन्तर्राष्ट्रिय स्तरका अभ्यासमा सेना सहभागी हुने गरेको छ।’ अभ्यासलाई सैन्य कूटनीतिका साथै नेपाली सेनाको वृत्ति विकासको अवसरका रूपमा लिएको पनि उनले बताए।
बिम्स्टेक राष्ट्रका सेनाको सहभागितामा अभ्यास हुने तर त्यहाँ नेपाली सेना नजाने हो भने कस्तो सन्देश जाला र त्यसले हाम्रो कूटनीतिलाई कसरी हेरिएला भन्ने कोणबाट पनि बहस हुनुपर्ने सैन्य अधिकारीले बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिम्स्टेक सम्मेलनमै सैन्य अभ्यासको विषय राखेपछि यो चर्चामा आएको हो।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












