विश्वको एक चौथाइ जनसंख्या निष्क्रिय तर नेपाली भने दक्षिण एसियामै सबैभन्दा सक्रिय
काठमाडाैँ २०,भदाै । निष्क्रिय जीवनशैलीका कारण विश्वको एक चौथाई जनसंख्या गम्भीर रोगको जोखिममा रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ ।
डब्ल्यूएचओले सार्वजनिक गरेको पछिल्लो अध्ययन प्रतिवेदन अनुसार १ अर्ब ४० करोड मानिसले निष्क्रिय छन् अर्थात् उनीहरुले पर्याप्त शारीरिक व्यायाम गर्दैनन् । शारीरिक रूपमा निष्क्रिय हुँदा अथवा व्यायाम नगर्दा मुटु, मधुमेह र क्यान्सरजस्ता रोगको जोखिम बढ्ने विशेषज्ञहरु बताउँछन् ।
नेपाल दक्षिण एसियामै सक्रिय
डब्लूएचओको अध्ययन प्रतिवेदनमा लेखिएअनुसार नेपालीको जीवनशैली दक्षिण एसियामै सबैभन्दा सक्रिय छ । ब्रिटेनसहित उच्च आय भएका देशका मानिसहरूले भने शारीरिक व्यायाम कम गर्ने गरेको उल्लेख छ ।
१६८ देशका एक अर्ब ९० करोड मानिसहरुले आफ्नो सक्रियताबारे दिएको सूचनालाई आधार मानेर अध्ययन प्रतिवेदन तयार पारिएको थियो ।
अध्ययनको निष्कर्षअनुसार उच्च आय हुने ब्रिटेन र अमेरिकासहितका मुलुकमा शारीरिक रूपमा निष्क्रिय जनसंख्या सन् २०१६ मा ३७ प्रतिशत पुगेको छ । जबकी यो जनसंख्या सन् २००१ मा ३२ प्रतिशतमात्र थियो । कम आय भएका देशमा भने यो संख्या १६ प्रतिशत नै यथावत छ ।
हप्तामा १५० मिनेटभन्दा कम मध्यम खालको शारीरिक व्यायाम वा मेहनत गरेकालाई निष्क्रिय मानिएको छ ।
पुरुषको तुलनामा महिला कम सक्रिय
अध्ययन प्रतिवेदनअनुसार पुरुषहरुको तुलनामा महिलाहरु कम सक्रिय छन् । घरायसी काममा व्यस्त हुनुपर्ने, बालबालिकाको स्याहार गर्नुपर्ने र सांस्कृतिक मान्यताका कारण महिलाहरु शारीरिक व्यायाममा केन्द्रित हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।
उच्च आय भएका देशका नागरिकले भने सुविधाभोगी जागिरका कारण व्यायाम नगरेको पाइएको छ । तर, कम आय भएका देशका नागरिक भने धेरै काम गर्नुपर्ने, सार्वजनिक यातायात चढ्नुपर्ने वा पैदल हिँड्नुपर्ने भएकाले थप व्यायाम गर्ने समय नपाउने गरेको अनुसन्धानकर्ताले बताएका छन् ।
डब्लूएचओको यो अध्ययन प्रतिवेदन द ल्यान्सेट पब्लिक हेल्थ जर्नलमा प्रकाशित छ ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











