पञ्चेश्वरको डीपीआर पुनरावलोकनसहित पेश
काठमाडाैँ २०,भदाै । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको प्रस्तावित डीपीआरको फेरि पुनरावलोकन गरिएको छ । भारतीय कम्पनी वापकोसले डीपीआरमा प्रभावित क्षेत्रको पुनर्स्थापना र आयोजनाको डिजाइन प्वाइन्टमा परिमार्जनको प्रस्ताव गरेको छ ।
आयोजनाको डीपीआर यसअघिदेखि नै नेपाल र भारतीबच विवाद छ । डीपीआरमा पुनः वापकोसले केही महत्वपूर्ण परिमार्जन गर्दै पञ्चेश्वर विकास प्राधिकरणलाई बुझाएको छ ।
आयोजनाका सहायक प्रमुख कार्यकारी अधिकृत चिरन्जीवी चटौतले नियमित रुपमा कम्पनीले डीपीआरको लागि काम गरिरहेको लगातारको शृंखला अन्तरगत नै रिपोर्ट आएको बताए ।
वापोकसले भने दुबै देशका असहतिलाई सम्बोधन गर्ने गरी आयोजनको डीपीआर पुनरावलोकन गरेको बताएको छ । अब नेपाल र भारत सरकारले नयाँ डीपीआरमाथि थप छलफल गर्नेछन् ।
वापकोसले डीपीआर पुनरावलोकनका लागि पञ्चेश्वरमा ६५० र रुपालीगढका १७० मिटर सुरुङ खनेको छ । रिपोर्टमा के-के विषयहरू परिमार्जन भए भन्नेबारे कम्पनीले केही बताएको छैन ।
३१५ मिटरको उच्च ड्यामसहित बन्ने पञ्चेश्वर आयोजनामा अहिले पनि नेपाल र भारतीबच पानी बाँडफँट लगायतका मुद्दामा विवाद छ ।
सन् २०१७ को नोभेम्बरसम्ममा सबै विवाद सक्नेगरी विज्ञ टोलीको गठन भएको थियो । तर, डीपीआरको विवाद अहिले पनि पुरानै अवस्थामा छ ।
वापकोसले तयार पारेको डीपीआर मस्यौदा अनुसार कुल ६ हजार चार सय ८० मेगावाटको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनामा २२ प्रतिशत पानी मात्र नेपालले पाउँछ । र, ७८ प्रतिशत पानी भने भारतले पाउँछ ।
त्यस्तै पञ्चेश्वरबाट ६ हजार चार सय ८० मेगावाट विद्युत् उत्पादन गरिने र त्यसमध्ये नेपालले आधा पाउने पनि उल्लेख गरिएको छ । ०५२ सालमा नेपाल र भारतबीच भएको महाकाली सन्धिमा ६ महिनाभित्रै पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डीपीआर टुंगो लगाउने उल्लेख थियो । तर २३ वर्ष बित्दा पनि त्यसको टुंगो लाग्न सकेको छैन ।
यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा पनि पञ्चेश्वरको डीपीआर एक महिनाभित्र तयार गर्ने सहमति भएको थियो । तर, अहिलेसम्म विवाद जस्ताको त्यस्तै अवस्थामा छ ।
महाकाली सन्धि भएको १९ वर्षपछि साउन ०७१ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा यसको कार्यादेश पारित भएको थियो । तर, भारतीय परामर्शदाता कम्पनी वापकोसले तयार पारेको डीपीआर भने अहिलेसम्म पास हुन सकेको छैन । किनकि यसमा नेपाली पक्षको आपत्ति छ ।
विवाद देखिए पनि यसलाई सुल्झाउन विज्ञ समूहको गठन भएको थियो । तर विवाद समाधान गर्न अझै सकिएको छैन । जसका कारण आयोजनाको भविष्य अझै अनिश्चित छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












