६बर्षदेखि उडान भर्दै आएको, एयर एसियाले काठमाडौं उडान बन्द गर्दै
काठमाडौं २१,भदाै । ६ वर्षदेखि क्वालालाम्पुर-काठमाडौं उडान गर्दै आएको बजेट एयरलाइन्स एयर एसियाले दीर्घकालिन रुपमै उडान बन्द गर्ने भएको छ।
वैदेशिक रोजगारीमा जाने कामदारलार्इ लक्षित गर्दै सुरु भएको यो एयरलाइन्सले उडान बन्द गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निवेदन दिइसकेको छ।विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले एयर एसियाले आगामी असोज २७ गतेदेखि उडान बन्द गर्न निवेदन दिएको जानकारी दिए।नेपालले जेठदेखि मलेसिया कामदार पठाउन बन्द गरेपछि यो एयरलाइन्स घाटामा चलिरहेको थियो।
अहिले यो एयरलाइन्सले सातामा दुर्इ वटा मात्रै उडान गरिरहेको छ।उनका अनुसार काठमाडौं-क्वालालाम्पुर उडानमा ३० देखि ४२ यात्रुमात्रै हुने गरेका थिए।’कम्पनीको नियम अनुसार चार घण्टा भन्दा बढी समय उडान भर्ने गन्तब्यमा ‘एयर एसिया एक्स’ संचालनमा थियो। एयर एसिया एक्समा एयरबस ३३०’वाइडबडी’ मात्र संचालन गर्दै आएको छ। वाइड बडी संचालनमा ल्याउँदा यात्रु कम भएका कारण ठूलो घाटा ब्योहोरेको स्रोतले बतायो। मलेसियाबाट आउने यात्रु भएपनि जाने भने कम थिए।
एयर एसियाले दुईवटा शर्त राख्दै एक वर्षको लागि उडान नगर्ने जानकारी दिएको क्षेत्रीले बताए। क्षेत्रीका अनुसार कम्पनीले मलेसियाको श्रम बजार राम्रो भएमा न्यारोबडी जहाज संचालनमा ल्याउने जानकारी दिएको छ।
प्रतिस्पर्धी बजारले उडान बन्द
एयर एसियाले उडान भर्दा प्रतिस्पर्धा कम थियो।त्यो बेलामा मलेसियन एयरलाइन्स र नेपाल वायु सेवा निगमले मात्रै उडान भर्थे।
त्यो बेलामा बजेट एयरलाइन्सको रुपमा एयर एसियाले राम्रो बजार पायो। तर दुर्इ वर्षअघि बजेट एयरलाइन्स मालिन्दोले उडान सुरु गर्यो। केही समयपछि हिमालय एयरलाइन्सले समेत उडान सुरु गरेपछि बजार थप प्रतिस्पर्धी बनेको थियो। अहिले एनएसीले समेत एयरबस ३३० ल्याएर उडान सुरु गरिसकेको छ।‘केही महिनामै मलेसिया कामदार खुलेपनि टिकटमा प्राइस वार हुने देखिन्छ।
कम्पनीले एक वर्ष भनेपनि तत्कालै एयर एसिया नफर्किने देखिन्छ’स्रोतले भन्यो, अन्तर्राष्ट्रिय पहिचान बनाएका कम्पनीले सधैका लागि बन्द भन्दैनन्।त्यसैले कम्पनीले एक वर्षको समयसीमा दिएको हुनसक्छ।‘ केही समय पहिला कम्पनीले विमानस्थलको शुल्क नतिरेको भन्दै विवादमा पनि पर्यो।विमानस्थलले बक्यौंता नतिरे उडाननै बन्द गर्ने चेतावनीसहित पत्र समेत पठाएपछि कम्पनी विवादमा परेको थियो।एयर एसियाको नेपालको जिएसए इन्सेन्टिभ टुर्स एण्ड ट्राभल हो।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












