प्रदेश ५ का जिल्लामा पूर्वएमाले भित्रको गुठबन्दिले टुङगिएन एकता,चुलियो आन्तरिक विवाद !
जिल्ला अध्यक्ष सिफारिसमा पूर्वएमालेभित्र चुलियो विवाद
काठमाडाैँ २१,भदाै । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष सिफारिसबारे प्रदेश पाँचमा असन्तुष्टि चुलिएको छ।
पूर्वएमालेको भागमा परेका सात जिल्ला समितिको नेतृत्वमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेतामात्रै सिफारिस भएपछि नेता माधवकुमार नेपाल पक्ष विरोधमा उत्रिएको हो।
प्रदेश ५ का १२ मध्ये पूर्वएमालेले ७ र माओवादी केन्द्रले ५ जिल्लाको नेतृत्व पाउने सहमति भएको थियो।
एमाले हुँदा पाँच नम्बर प्रदेशका दाङ, बाँके, रुपन्देही, नवलपरासी, रोल्पा र पाल्पामा नेपाल पक्षका अध्यक्ष थिए। अहिले उनीहरूमध्ये एकजना पनि जिल्ला नेतृत्वको सिफारिसमा परेका छैनन्।
एकीकृत पार्टीको जिल्ला अध्यक्षमा शिवकुमार आचार्य (दाङ), गोपाल भट्टराई (रुपन्देही), पूर्ण शर्मा (बर्दिया), पिताम्बर भुसाल (अर्घाखाँची), बाला काउछा (गुल्मी), राधाकृष्ण कँडेल (पाल्पा) सिफारिस भएका छन्। सचिवका लागि ईश्वरी जिएम (रोल्पा), गोपाल गिरी (बाँके) र तुलसी पासी (नवरपरासी) सिफारिस छन्।
एमालेका तत्कालीन रुपन्देही अध्यक्ष मेयर, पाल्पाका अध्यक्ष प्रदेश सांसद, अर्घाखाँचीका अध्यक्ष प्रदेश सांसद र गुल्मीका अध्यक्ष गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् ।
अध्यक्ष, सांसद, मेयर, गाउँपलिका अध्यक्ष बनेका भए सहमतिमा नेतृत्व छान्ने नेकपा सचिवालयले यसअघि नै निर्णय गरेको थियो।
नेकपाले जिल्ला नेतृत्व एकीकरणका लागि पूर्वएमाले र माओवादी केन्द्रका प्रदेश संयोजक र सहसंयोजक रहेको चार सदस्यीय कार्यदल बनाएको थियो। प्रदेश ५ कमिटी पूर्वएमालेका तर्फबाट संयोजक शंकर पोखरेल र सह–संयोजक दलबहादुर राना कार्यदलमा छन्। दुबै जना ओलीनिकट हुन्।
नयाँ पार्टीको लागि अध्यक्षमा सिफारिसपछि सबैभन्दा धेरै विवाद दाङमा देखिएको छ।
पाँच नम्बर प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले गृह जिल्ला दाङमा पूर्वअध्यक्ष नेपाल समूहका टीकाराम खड्कालाई पन्छाएर आफ्ना बहिनी ज्वाइँ शिवकुमार आचार्यलाई सिफारिस गरेपछि असन्तुष्टि चुलिएको हो।
एमाले दाङका पूर्वअध्यक्ष खड्का, पूर्वइञ्चार्ज तथा प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीसहित नेताहरू ओली पक्षले विधि र प्रक्रिया मिचेर एकलौटी ढंगले सिफारिस सच्याउन माग गर्दै विरोधमा उत्रिएका छन्।
‘प्रदेश कार्यदलको नाताले शंकर पोखरेलजस्तो नेताले पार्टीको भावनात्मक एकताको अभिभावकीय भूमिकामा उभिएर मियो बन्नुपर्ने थियो, तर दुर्भाग्य उहाँ त्यसविपरित उभिनुले आशंका पैदा भएको छ,’ खड्काले भने।
पार्टीको अध्यक्ष जुन पार्टीको भागमा पर्छ अर्को पार्टीको सचिव रहने भन्ने विधि पार्टीको सचिवालयले बनाएको भए पनि पाँच नम्बरमा पोखरेलले मनपरी गरेको खड्काको आरोप छ।
‘बहालवाला अध्यक्षलाई सोध्दै नसोधी, उसको नाम नै सिफारिस नगरेर हुने एकतालाई कसरी एकता मान्न सकिन्छ?’ खड्काले प्रश्न गरे।
खड्काले यसबारे पार्टी महासचिव बिष्णु पौडेलसमक्ष असहमति पत्र दर्ता गर्दै तत्कालीन जिल्ला इञ्चार्ज र जिल्ला अध्यक्षलाई नसोधेर एकलौटी प्रदेश कार्यदलले गरेको सिफारिस खारेज गर्न माग गरिएको खड्काले बताए।
उनी निकट नेता पूर्वउपाध्यक्ष हुकुमबहादुर बस्नेतले प्रदेश कार्यादलले सिफारिस गरेको नाममा खोट लगाउनेहरू एकताका बाधक भएको बताए।
‘सिफारिस गरिएका व्यक्ति असल संगठक र क्षमतावान व्यक्तिहरू रहेको भन्दै अनावश्यक किचलो झिक्नु पदलोलुपताको पराकाष्ठामात्रै हो,’ उनले भने।
बस्नेतले प्रदेश कार्यदलले सिफारिस गरेको नाम नै पारित भएर आउने ठोकुवा मात्रै गरेनन् बहिनी र ज्वाँइलाई बीचमा तानेर मुख्यमन्त्री पोखरेललाई बदनाम गर्ने खेल भइरहेको हुँदा त्यो बन्द हुनु पर्ने बताए।
Comments
अरु समाचार
-
सुशासन, नागरिकमैत्री सेवा प्रवाह, विकास निर्माण लगायतमा जोड दिन मुख्य सचिव कार्कीको निर्देशन
भोजपुर । मुख्य सचिव गोविन्द्रबहादुर कार्कीले सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीलाई सुशासन कायम हुनेगरी काम गर्न निर्देशन दिएका छन्। उनले...
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...












