ओली वंशको भेला पनि बालुवाटारमा, प्रधानमन्त्री परिवारको अभिनन्दन हुने ।
काठमाडाैँ २२,भदाै । बालुवाटार प्रधानमन्त्रीको सरकारी निवास हो। सरकार प्रमुखको हैसियतमा प्रधानमन्त्री बालुवाटारमा बस्छन्। तर प्रधानमन्त्रीहरूले यो सुविधालाई सरकारी निवासमात्र सीमित राखेका छैनन् सरकारी सम्पत्तिलाई उनीहरूले आफ्नै पार्टी कार्यालय र निजी सम्पत्तिजस्तो बनाइरहेका छन्। पार्टीका आन्तरिक बैठकदेखि अन्य भेटघाट र भोज पनि त्यहीँ आयोजना गर्छन्।
शनिबार यस्तैखाले एउटा भेला प्रधानमन्त्री निवासमा हुँदैछ। त्यो भेला प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीको पनि होइन, उनको वंशको हो।
सामाजिक सञ्जालमा ओली वंशको साधारण सभाबारे सूचना राखिएको छ।
सूचनामा सबैलाई साढे १० बजे प्रधानमन्त्री क्वार्टर बालुवाटारमा डाकिएको छ।
ओली वंश अक्षय कोषले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उनका बुवा मोहनप्रसाद ओली र श्रीमती राधिका शाक्यलाई अभिनन्दन गर्ने कार्यक्रम छ।
‘प्रधानमन्त्रीले मलाई अभिनन्दन गर्ने भए बालुवाटारमै आउनू भन्नु भएकाले त्यहीँ कार्यक्रम गर्न लागेका हौं,’ कोषका एक जना सदस्यले भने, ‘चार/पाँच सय मान्छे भेला हुन्छन् होला। खाजाको पनि व्यवस्था गरेका छौं।’
उनका अनुसार ओली वंशको साधारण सभाको कार्यक्रम तीन/चार घन्टासम्म चल्नेछ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ओली वंशको भेला बालुवाटारमा हुन लागेको पुष्टि गर्दै यो सामान्य कुरा भएको बताए।
‘भोलि उहाँको पारिवारिक कार्यक्रम हो। प्रधानमन्त्री बसेको ठाउँमा पार्टी कार्यकर्ता, शुभचिन्तक र परिवारका मान्छे आउँछन्। यो कुन ठूलो कुरा भयो र?,’ अर्यालले भने।
पूर्वप्रशासक र नागरिक अगुवाले सरकारी ढुकुटीबाट खर्च हुने भएकाले यस्ता कार्यक्रममा बालुवाटारमा आयोजना गर्नु अनुचित भएको बताउँदै आएका छन्।
गत माघमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक लगातार बालुवाटारमा राखेपछि पूर्वमुख्यसचिव लीलामणि पौडेल,सचिवहरू शारदा त्रिताल र कृष्ण ज्ञवालीले सार्वजनिक रूपमै त्यो अनुचित भएको बताएका थिए।
प्रधानमन्त्री कार्यालयमा लामो समय काम गरेका एक सचिवका अनुसार, यस्ता कार्यक्रममा हुने खर्च एकमुष्ट बिल प्रधानमन्त्री निवासको बैठक खर्च शीर्षकमा प्रधानमन्त्री कार्यालयमा आउँछ।
त्यतिबेला सेतोपाटीसँग कुरा गर्दै नेकपाका नेताहरू नारायणकाजी श्रेष्ठ र प्रदीप ज्ञवालीले पार्टी र अन्य संस्थाका कार्यक्रम बालुवाटारमा गर्नु राम्रो नभएकाले त्यसलाई रोक्नु पर्ने बताएका थिए।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












