अन्तरप्रदेश परिषद्को बैठक अचानक स्थगित
काठमाण्डाै २४ भदाै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अन्तरप्रदेश परिषद् बैठक अन्तिम समयमा आएर स्थगित गरेको छ । मुख्यमन्त्रीहरूले प्रदेशका मुद्दा साझा रूपमा उठाउने तयारी गरिरहेका बेला आजका लागि तोकिएको बैठक अचानक स्थगित गरिएको हो ।
पोखरामा बिहीबार र शुक्रबार मुख्यमन्त्रीहरूको भेलाले प्रदेश सरकारका साझा समस्या र मुद्दालाई परिषद् बैठकमा लैजाने तयारी गरेका थिए ।
बैठकले केन्द्र सरकारप्रति प्रदेशको असन्तुष्टि न्यूनीकरण गर्ने आस गरिएको थियो । समस्या पहिचान र समाधानका लागि संविधानले परिकल्पना गरेको संरचना सक्रिय पार्न केन्द्र सरकार उदासीन देखिएको गुनासो मुख्यमन्त्रीहरुले लगाउँदै आएकना छन् ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भने प्रधानमन्त्रीको व्यस्तताका कारण बैठक स्थगित गरिएको बताए । बैठकमा सहभागिताका लागि प्रधानमन्त्री कार्यालयबाट सबै मन्त्री, मुख्यमन्त्री र सचिवहरूलाई खबर गइसकेको थियो ।
बैठकले केन्द्र सरकारप्रति प्रदेशको असन्तुष्टि न्यूनीकरण गर्ने आस गरिएको थियो । समस्या पहिचान र समाधानका लागि संविधानले परिकल्पना गरेको संरचना सक्रिय पार्न केन्द्र सरकार उदासीन देखिएको गुनासो मुख्यमन्त्रीहरुले लगाउँदै आएकना छन् ।
मुख्यमन्त्रीहरू बैठकमा सहभागी भई समस्या सुनाउने योजनामा थिए । अधिकांश मुख्यमन्त्री काठमाडौं आइपुगेका छन् ।
मुख्यमन्त्री भेलाले परिषद् बैठक नियमित बोलाउनुपर्ने, संघ र प्रदेशबीच पुलको भूमिका निर्वाह गर्न सुदृढ सचिवालय गठन गर्नुपर्ने, प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरी स्वीकृतिका लागि पठाएका सुझाव र प्रस्ताव परिषद् सचिवालयबाट समयमै सम्बोधन हुने व्यवस्था मिलाउनुपर्ने निष्कर्ष निकालेको थियो ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












