राम कार्की आफैलाई कम्युनिष्ट भन्न यस कारण लजाए !
काठमाडाैँ २४,भदाै । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सरकारको आलोचना सार्वजनिक रुपमै हुन थालेको छ । नेकपाका नेता राम कार्कीले वर्तमान सरकार कम्युनिष्ट चरित्रको नभएको भन्दै सरकारलाई गम्भीर आरोप लगाएका छन् ।
नेता कार्कीले वर्तमान सरकारको कार्यशैलीले आफूलाई कम्युनिस्ट पार्टीको नेता हुँ भन्नसमेत लाज लाग्ने अवस्था आएको जनाएका छन्।
‘मुलुकमा दुई तिहाई बहुमतप्राप्त कम्युनिस्ट नेतृत्वको सरकार छ । तर मजदुरहरुको जीवन कष्टकर बन्दै गएको छ, महंगी बढेको बढ्यै छ,’ कार्कीले भने, ‘सरकारको यस्तो रवैयाले जनतामा आक्रोस पैदा हुन थालेको छ । कम्युनिस्ट पार्टीको नेता हूँ भन्नसमेत लाज लाग्ने अवस्था आएको छ ।’
राजाहरुमध्ये सबैभन्दा शक्तिशाली ज्ञानेन्द्रलाई जनताले ५ वर्ष टिक्न नदिएको स्मरण गराउँदै उनले प्रतिप्रश्न गरे– ज्ञानेन्द्र त ५ वर्ष टिकेनन्, हाम्रो अवस्था के होला ?
कार्कीले सामन्तवादको अन्त्य भए पनि दलाल पुँजीवादसँगको लडाइँ जारी रहेको भन्दै यसविरुद्ध हुने लडाइँको नेतृत्व लिन युवा नेताहरुलाई आग्रह गरे ।
नेकपाका अर्का नेता डा. विजय पौडेलले पार्टी पद्धति अनुसार चल्न छाडेको उल्लेख गर्दै सामाजिक चेतनालाई समाजवादमा नलगेसम्म संविधानमा लेख्दैमा समाजवाद स्थापित हुन नसक्ने बताए । उनले नयाँ पुस्तामा उपभोक्तावादको प्रवृत्ति विकास भएको उल्लेख गर्दै सैद्धान्तिक जागरण ल्याउन नसके उपभोक्तावादले देशलाई नै सिध्याउने बताए ।
Comments
अरु समाचार
-
कांग्रेसले सुरू गरेको देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रम आज धनगढीबाट सुरू
काठमाडाैं । नेपाली कांग्रेसले सुरू गरेको देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रम आज सुदूरपश्चिमको धनगढीबाट सुरू हुँदैछ । विहान १०...
-
मनोज शर्मा नै किन रवि र बालेनलाई नै प्यारो ?
काठमाडौं । ‘नेपोकिड’ को नाराले ओलीलाई हेलिकप्टर चढेर भाग्ने बनायो । नातावाद र कृपावादको विरोधमा उत्रिएका जेनजीले सरकार फेरे ।...
-
उच्च अदालत जनकपुरले शनिबार ‘न्यायिक महोत्सव’ आयोजना गर्दै
जनकपुर । उच्च अदालत जनकपुरले कानुन दिवसको अवसरमा शनिबार पहिलो पटक न्यायिक महोत्सवको आयोजना गर्दैछ । दिनभर चल्ने महोत्सवमा अदालत,...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
प्रधानन्यायाधीश सिफारिसपछि कांग्रेसको फरक अभिव्यक्ति, भन्यो- देशलाई एकलौटी शासनतर्फ धकेलियो
काठमाडौँ । नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी हालै जारी अध्यादेश र त्यसअन्तर्गत भएको निर्णय प्रक्रियाप्रति गम्भीर असहमति जनाएको छ । कांग्रेसले...
-
नेपाल बार एसोसिएसनको बैठक: प्रधानन्यायाधीश सिफारिसबारे समान धारणा बनाउँदै
काठमाडौं । नेपाल बार एसोसिएसनको बैठक आज बस्दै छ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा गरेको सिफारिसबारे समान धारणा बनाउन आजका लागि...
-
वरिष्ठताको परम्परा तोड्दै डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस, परिषद्मै फरक मत
काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको छ । बिहीबार बसेको परिषद्...
-
दुइतिहाइको लहडले जोगिएला त न्यायालयको साख?
काठमाडौं । नेपालको न्यायपालिकामा नयाँ नेतृत्व चयनको रस्साकस्सी चलिरहेका बेला आज बस्न लागेको संवैधानिक परिषद्को बैठकलाई निकै अर्थपूर्ण रूपमा हेरिएको...
-
आज बागमती प्रदेशमा सार्वजनिक बिदा
काठमाडौँ । बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदैछ । बामगती प्रदेश सरकारले २०८१ देखि...












