पुरक बजेटबाट बृद्धभत्ता बढाउने सरकारको तयारी
काठमाडौं भदैा २४, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नागरिकले प्रत्यक्ष महशुश गर्ने गरी केही नयाँ जनहितका महत्वपूर्ण घोषणा गर्ने तयारी गरेको नेकपाका अध्यक्ष प्रचण्डले खुलासा गरेका छन् । पुरक बजेट ल्याउने विषयमा प्रधानमन्त्री केपी ओलीले आन्तरिक तयारी शुरु गरिसकेको उच्च स्रोतले जनाएको छ ।
गएको साता आफै निवास खुमलटारमा आयोजित पत्रकारसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले भने, ‘नेकपाको लक्ष्य भनेको सामाजिक न्यायसहितको समाजवाद स्थापना गर्ने हो । दुई तिहाईको इतिहासको शक्तिशाली सरकारमा जनताले प्रत्यक्ष महशुश गर्ने जनहितका केही नयाँ घोषणा गर्ने तयारीमा हामी छौं ।’
प्रचण्डले भने, ‘सरकारका कामकारबाहीलाई प्रभावकारी र जनपक्षीय बनाउन हामीले मन्त्रीहरुको हेरफेर, पुरक बजेट र नयाँ केही निर्णय गर्ने अन्तिम तयारी र समीक्षा छौं । जसमा बृद्धभत्ता बढाउने पनि हाम्रो पहिलो प्राथमिकतामा छ । पूरक बजेट ल्याएर भए पनि बृद्धभत्ता बढाउँछौ ।
बृद्ध भत्ता कतिले बढ्छ त्यो खुलाइएको छैन । तर बृद्ध बढाउने तयारीमा सरकार रहेको एक अधिकारीले बताए । पूरक बजेटमार्फत त्यो घोषणा हुने छ ।
यसअघि माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनका प्रधानमन्त्री शेरबहादुर देउवाले बृद्धभत्ता एक हजारबाट बढाएर दुई हजार बनाउने निर्णय गरेको भनिएको थियो तर पछि सो विषयमा मन्त्रिपरिषदबाट कुनै निर्णय नभएको भन्दै कार्यान्वयन भएको छैन् ।
नियमति बजेटका ल्याउँदा सरकारले आर्थिक भार थेग्न नसकिने भन्दै बृद्ध भत्ता बढाएको थिएन । तर वामपन्थी नेतृत्वको सरकारले बद्धहरुलाई बेवास्ता गरेको भन्दै ठूलो संख्यामा जेष्ठ नागरिकहरु निरासा भएका थिए । त्यसै कुराको मनन गदैृ पूरक बजेट ल्याएरै भए पनि ओली सरकार बृद्ध भत्ता बढाउने तयारीमा छ ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












