प्रतिनिधि सभा बैठक : विषयगत समितिले सुझावसहित ८ वटा विधेयक प्रतिवेदन पेश
काठमाडौं २८,भदाै । आज बस्ने प्रतिनिधिसभा बैठकमा संसदका विभिन्न ५ वटा विषयगत समितिले सुझावसहित ८ वटा विधेयक प्रतिवेदन पेश गर्दैछन् ।
संशोधन प्रस्तावसहित विभिन्न दफावार छलफलका लागि प्रतिनिधिसभाले दिएका विधेयकका बुँदामा समितिले सहमति जुटाएर आज बस्ने बैठकमा पेश गर्न लागेका हुन् ।
प्रतिनिधिसभाको बैठक बिहीबार ११ बजेका लागि बोलाइएको छ ।
आगामी असोज २ गते भित्र मौलिक हकसँग सम्बन्धित बिभिन्न कानुन बनाईसक्नुपर्ने संवैधानिक प्रावधानअनुसार सरकारले दर्जन बढी विधेयक ल्याएको थियो । यि विधेयकहरु प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएसँगै राष्ट्रपतिबाट प्रमाणित भएर कानुनका रुपमा आउनेछन् ।
बिहीबारको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोक्ता संरक्षण विधेयक र रोजगारीको हक सम्बन्धी विधेयक प्रतिवेदन बैठकमा पेश गर्ने कार्यसूची रहेको संसदका सहप्रवक्ता केशव अर्यालले जानकारी दिए ।
सहप्रवक्ता अर्यालका अनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले खाद्य अधिकारसम्बन्धी विधेयक, राज्य व्यवस्था तथा सुशासन समितिले वैयक्तिक गोपनियता सम्बन्धी विधेयक, विकास तथा प्रविधि समितिले आवास अधिकार सम्बन्धी विधेयक प्रतिवेदनसहित पेश गर्नेछन् ।
संसदकै शिक्षा तथा स्वास्थ्य समितिले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, जनस्वास्थ्य विधेयक र अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी विधेयक प्रतिवेदनसहित बैठकमा प्रस्तुत गर्ने कार्यसूची छ ।
करिब एक दर्जन विधेयकहरु अझै सम्बन्धित समितिमा दफावार छलफलका क्रममा छन् । संसदमा दर्ता भएका झण्डै २६ विधेयकहरु असोज २ भित्र दुवै सदनबाट पास भएर कानुनका रुपमा ल्याइसक्नुपर्ने संवैधानिक बाध्यता छ । तर, समय घर्किदै गएपनि धेरैजसो विधेयकहरु अझैपनि छलफलकै क्रममा रहेका छन् । जसले गर्दा असोज २ भित्र कानुन बनिसक्नेमा आशंका उव्जिएको छ ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












